
दाङ । नेपाल स्वास्थ्यकर्मी संघ दाङ जिल्ला अधिबेसन आज दाङको धारापानीमा सम्पन्न भएको छ । ४ बर्षे कार्यकाल रहने समितिको जिल्ला अध्यक्षमा हरि बहादुर पुनमगर सर्बसम्मत रुपमा चयन हुनु भएको छ ।
अधिवेशनबाट जिल्ला पदाधिकारीमा खुला उपाध्यक्षमा प्रदिप योगी, उपाध्यक्ष महिलामा कविता शर्मा, उपाध्यक्ष सरकारीमा नारायण शर्मा, उपाध्यक्ष निजीमा चिरञ्जीवी ढकाल, महिला स्वास्थ्य स्वयंसेविकाको प्रतिनिधित्व गर्ने उपाध्यक्षमा धना जि.सि, समावेशी उपाध्यक्षमा बबि महत, सचिवमा रुपलाल पाण्डे, कोषाध्यक्षमा रमेश बुढाथोकी, सहसचिवमा बिरेन्द्र खडका सरकारी क्षेत्र, रमिता गौतम निजी क्षेत्र, तिला जि.एम. म.स्वा.स्व.से, रेक बिक्रम राना युवातर्फ सर्वसम्मत चयन हुनु भएको छ ।
४ जना सदस्यहरुमा कृष्ण आचार्य, कुलराज चौधरी, बिष्णु भण्डारी र राजदेवि चौधरी सर्बसम्मत निर्वाचित हुनु भएको छ । समग्र स्वास्थ्यकर्मीहरुको हकहितका पक्ष काम गर्दै आएको नेपाल स्वास्थ्यकर्मी संघको दाङ शाखाको नयाँ नेतृत्वमा पुन सर्बसम्मत रुपमा निर्वाचित भएसँगै प्रदेश तहकाे स्वास्थ्यकर्मीहरुले आगामी प्रदेश अध्यक्षको दावेदारका रुपमा पुनमगर लाई हेरिएको छ ।
अध्यक्ष पुन जनस्वास्थ्य बिषयमा स्नातकोत्तर गनुभएको छ भने हाल लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालकाे निजी सचिवालयमा जनस्वास्थ्य बिज्ञ सल्लाहकारका रुपमा कार्यरत हुनुहुन्छ ।
नवनिर्वाचित अध्यक्ष पुनमगर र उहाँको टिमले आगामी दिनमा स्वास्थ्य सेवा प्रवाह गुणस्तरीय बनाउन र स्वास्थ्य क्षेत्रको जनशक्ति ब्यवस्थापनमा प्रभावकारी भुमिका खेल्ने स्वास्थ्यकर्मीहरुले अपेक्षा गरेका छन ।





