दोहोरी साँझ गएका पुरूषको मृत्यु, ६ जना पक्राउ

कैलाली । कैलालीमा दोहरी साँझ गएका युवकको कुटपीटबाट मृत्यु भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पुस २५ गते कैलालीको अतरिया बजारको एक दोहोरी साँझ गएका कञ्चपुरको कृष्णपुर नगरपालिका वडा नं-५ गुलरियाका ४२ वर्षीय श्याम देउजा भोलिपल्ट (पुस २६ गते) घाइते अवस्थामा घर पुग्नुभएको थियो ।

परिवारले उपचारका लागि निसर्ग अस्पताल पुर्‍याएकोमा सोही दिन उहाँको मृत्यु भएको थियो । उहाँको मृत्युपछि परिवारले ६ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए ।

सोही जाहेरीको आधारमा ६ जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिनभयो । परिवारले दोहरी साँझमा संगै गएकाहरूले उनलाई कुटपिट गरेको आरोप लगाएका छन् ।

मृतक देउजाको शरिरको विभिन्न भागमा निलडाम र घाउ छन् । प्रहरीका अनुसार शवको आइतवार पोष्टमर्टम गर्ने तयारी गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी चन्दले जानकारी दिनुभयो ।

Previous articleसत्तरी हजार लाइसेन्स नक्कली भएको आशङ्का, मन्त्रालयले छानबिन गर्दै
Next articleचिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाद्वारा सामूहिक आगो ताप्ने व्यवस्था

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here