चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाद्वारा सामूहिक आगो ताप्ने व्यवस्था

नेपालगन्ज । शीतलहरसंगै चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा दाउरा वितरण सुरु गरेर सामूहिक आगो ताप्ने (धुनी) व्यवस्था गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले आज विहानैदेखि दाउरा वितरण सुरु गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायतले विहान नगरका मुख्य २० ठाउँमा दाउरा वितरण गर्नुभएको हो ।

रामलिला मैदान, भेरी अस्पताल अगाडि, त्रिभुवनचोक, त्रिवेणी मोड, सेतु विक चोक, बसपार्क बाहिर, बसपार्क भित्र, कारकाँदो चोक, विशाल चोक, पिपल चौतारा खजुरारोड, जिल्ला प्रहरी कार्यालय अगाडि खजुरारोड, जिल्ला प्रहरी कार्यालय परिसर, शिव मन्दिर चोक, धम्बोझी चोक, धम्बोझी चोकस्थित मस्जिद, विपी चोक, विटिएस चोक, गणेशमान चोक, मानव सेवा आश्रम र नीलसगर सेवा आश्रममामा आगो ताप्ने व्यवस्था गरिएको नगर प्रमुख विष्टले बताउनुभयो ।

उहाँले अब नियमितरुपमा निरन्तर नगरका अन्य सार्वजनिक स्थान, चोक तथा वडाका भित्री चोकहरुमा समेत दाउरा वितरण गर्ने बताउनुभयो । शीतलहरको सुरुवातसंगै चिसो अत्याधिक बढेकाले सर्वसाधारणको सहजताको लागि सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको विष्टले बताउनुभयो ।

नगर प्रहरीले अब नगरका विभिन्न ठाउँ तथा चोकहरुमा पुगेर दाउरा वितरण गर्ने नगर प्रहरी प्रमुख बोगटीले जानकारी दिनुभयो ।

Previous articleदोहोरी साँझ गएका पुरूषको मृत्यु, ६ जना पक्राउ
Next articleमृगौला पीडित शाहद्वारा सहयाेगकाे आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here