राष्ट्रिय याेग दिवसमा नेपालगञ्जमा विभिन्न कार्यक्रम

नेपालगन्ज । नवौ राष्ट्रिय योग दिवस नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । ´गरौ योग रहौ निरोग` भन्ने मुल नाराका साथ यस वर्ष याेग दिवस साेेमबार मनाइएको हो ।

योग समिति नेपाल केन्द्रीय कार्यालयबाट साेमबार बिहान ६ बजे निस्केको र्याली धम्वोजी चोक, वीपि चोक हुँदै नेपालगञ्ज उपमहानगरपालिका पुगेर योगाभ्यास गरिएको थियो ।

र्यालीमा योगगुरु, नरैनापुर गाउँपालिकाका अध्यक्ष मो.इश्तियाक अहमद शाह, योग प्रशिक्षकलगायत योग प्रेमिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । योगगुरु गिरिराज भट्टराइको सभापतित्वमा कार्यक्रम गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा बिषिष्ट अतिथिका रूपमा नरैनापुर गाउँपालिका अध्यक्ष शाह, अतिथिका रूपमा नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योग समिति नेपालका सल्लाहकार विश्वजित तिवारी, नन्दलाल वैश्य योग प्रशिक्षक, योग अभ्यासि लगायतको उपस्थिति रहेको थियो ।

योग समिति नेपालकी सचिव निर्मला शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले योग मानव स्वास्थ्यका लागि शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएको हुँदा सबैले योग गर्ने जरुरी रहेको बताउनुभयो ।

उहाँले अब आउँदो विश्व योग दिवस भब्यताका साथ मनाइ नेपालगञ्ज नगरलाई योगमय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले योग समिति नेपालले बिभिन्न वडामा सचेतना फैलाएर योगाभ्यास गरिरहेकोले नेपालगञ्ज उपमहानगरपालिका अब योगीहरुको सहर भइसकेको बताउनुभयो ।

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले योग एउटा यस्तो अभ्यास हो जो कसैलाई दिन पनि नमिल्ने र कसैबाट लिन पनि नमिल्ने भएको हुँदा आफुले गरे मात्र आफनो शरीरलाई फाइदा हुने बताउनुभयो ।

पछिल्लो समयमा योगतर्फ मानिसहरु आकर्षित भइरहेको योग गुरुगिरीराज भट्टराइले बताउनुभयो । अबका दिनहरुमा योग सबैका लागि महत्वपुर्ण भएकोले ब्यानरमा मात्र सिमित नगराइ दैनिक रुपमा सबैले योग गनुपर्नेमा जोड दिनुभयो ।

दिवसका अवसरमा योग समिति नेपाललाई हरेक माध्यमबाट सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान र मायाको चिनो प्रदान गरीएको थियो । योग समिति नेपालका प्रशिक्षकद्वय झबिलाल शर्मा र निरन्जना मल्लले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Previous articleबाँकेमा चलचित्र छायांकनका सम्बन्धी अन्तरक्रिया सम्पन्न
Next articleपेट्रोलियम पदार्थकाे मुल्य लिटरमा १ रूपैया घट्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here