बाँकेमा चलचित्र छायांकनका सम्बन्धी अन्तरक्रिया सम्पन्न

डुडुवा । चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले चलचित्र छायांकनका लागि उपयुक्त स्थल र पर्यटन प्रवद्र्धनका लागि सरोकारवालासंग आज आइतबार अन्तर्क्रिया गरेको छ ।

गीत, संगीत र चलचित्र निर्माण गर्नका लागि बाँके बर्दिया जिल्लामा रहेका उपयुक्त ठाउँहरूको बारेमा स्थानीय कलाकार, पत्रकार, पर्यटन व्यवसायी, होटेल व्यवसायी, सिनेमा हल सन्चालक लगायतसंग अन्तर्क्रिया गरिएको हो ।

बाँकेको डुडुवा गाउँपालिकाको कम्दी नजिकै रहेको पिकनिक स्थलमा आयोजना गरिएको अन्तर्क्रियामा सहभागीहरुले यहाँका धार्मिक, सांस्कृतिक, सामाजिक मुल्यमान्यता झल्कने यहाँका स्थानीय चाडवाड, गाँउ, तालतलैया, बाटो, पूल नदीलगायत समावेश गर्न सकिने सम्भावना रहेको बताए ।‌

कलाकार सुन्दर गुरुङले गुरुवागाउँ मेला, जोगागाँउ मेलालगायतका यहाँका मौलिक मेलाहरु चलचित्रमा समावेश गर्न सकिने बताउनुभयाे । साथै यहाँका ग्रामीण वस्ती, ग्रामीण क्षेत्र, बाटो, नदी, पुल, ताललगायत छायांकनका लागि उपयुक्त रहेको बताउनुभयाे ।

कार्यक्रममा सहभागीहरुले बाँके राष्ट्रिय निकुञ्ज, गाभर, अगैया, राप्ती पुललगायतका स्थानहरु छायांकनका लागि उपयुक्त रहेको सुझाएको चलचित्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेलले बताउनुभयाे ।

संकलन गरिएका सुझावहरुसहित संघले आगामी जेठमा छायांकन स्थलहरू समेटिएको बुकलेट प्रकाशन गर्ने तयारी गरिरहेको संघका सचिव बिक्रम बुढाक्षेत्रीले बताउनुभयाे ।

सहभागीहरुले यो काम एतिहासिक भएको बताउँदै विद्यालयहरुले स्थानीय पाठ्यक्रममा पढ्न पाउने गरी बुकलेट निर्माण गर्न सुझाव दिए ।

संघले सक्रिय रुपमा नियमित कार्यक्रम गरिरहेको बताउदैं संघका सल्लाहकार कमल खत्रीले यससंगै व्यवसायीक रुपमा चलचित्र पत्रकारीता गर्न पनि सुझाव दिनुभयाे ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आथित्यमा भएको कार्यक्रममा बरिष्ठ कलाकार कैलास प्रविण, श्यामानन्द सिंह, कमल विक निर्मोही, सुन्दर गुरुङ, विरेन्द्र यादव, जिनु, अनिता लामिछाने, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, पत्रकार झलक गैरे, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, बागेश्वरी सिनेमा हलका म्यानेजर, सिने रोयल लगायतका ७० बढीको उपस्थिति थियो।

संघका नयाँ सदस्यहरुलाई स्वागत पनि गरिएको उक्त कार्यक्रम सन्चालन संघका उपाध्यक्ष समिर मान श्रेष्ठले गर्नुभएकाे थियाे ।

Previous articleमृगौला पीडित शाहद्वारा सहयाेगकाे आग्रह
Next articleराष्ट्रिय याेग दिवसमा नेपालगञ्जमा विभिन्न कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here