२६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा प्रचार प्रसार

प्रहलाद विश्वकर्मा, नेपालगञ्ज । २६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सन्देश मुलक पर्चा पम्लेट वितरण गरिएको छ ।

“स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौ, भूकम्प थेग्ने संरचना बनाऔ” भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा भाटभटैनी सुपरमार्केट नेपालगंजमा स्टल राखी भूकम्प प्रतिरोधात्माक सामग्री प्रदर्शन गरिएको छ ।

उक्त सामग्रीहरुमा झटपट झोला, प्राथमिक उपचार किट, आपत्कालीन टेलिफोन नम्बरहरु लगायत सन्देश मुलक अध्ययन सामग्री प्रदर्शन र वितरण गरिएकोे थियो । नेपाल रेडक्रस सोसाइटीद्वारा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाको व्यवस्थापनमा भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको निर्णयानुसार साप्ताहिक रुपमा संचार संस्थाबाट जनहितमा जारी सन्देश प्रशारण, परिसम्बाद कार्यक्रम, ८ वटै स्थानीय तहले भवन निर्माण आचार संहिता सामुहिक प्रतिबद्धता व्यानार राख्ने र प्रचार प्रसार गर्ने, भूकम्प प्रतिरोधात्माक सामग्री प्रदर्शनी, विद्यालय स्तरमा डक कभर एण्ड होल्डको अभ्यास प्रदर्शनी गर्ने निर्णय भएको थियो ।

उक्त कार्यक्रमहरु सम्पन्न गर्न गराउनका लागि जिल्ला विपद् व्यवस्थापन समिति, संघीय आयोजना कार्यान्वयन इकाई ने.ग., स्थानीय तह, नेपाल रेडक्रस, भेरी वातावरणीय विशिष्ठता समुह र संचार संस्थालाई अनुरोध गरिएको छ । उक्त कार्यक्रम गर्दा स्थानीय भाषालाई प्राथमिकता दिने विपद् व्यवस्थापन समितिको निर्णय र साप्ताहिक योजनामा उल्लेख छ ।

भाटभटैनीमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखाका सभापति नमराज सापकोटा, युनिसेफ नेपालका नरेश निदाल, नेरेसो बाँकेका प्रहलाद विश्वकर्मा र शिव सुवेदी, भाटभटैनीका म्यानेजर भक्तबहादुर भुजेल लगायतको सहभागिता रहेको थियो ।

Previous articleपेट्रोलियम पदार्थकाे मुल्य लिटरमा १ रूपैया घट्यो
Next articleयुवा नेता पटेल मन्त्री डा.महतोको सल्लाहकारमा नियुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here