
नेपालगञ्ज । जनता समाजवादी पार्टी बाँकेका युवा नेता योगेश सिंह पटेल (पंकज चौधरी) वन तथा वातावरण मन्त्री डा.विरेन्द्र प्रसाद महतोको सचिवालय सल्लाहकारमा नियुक्त हुनुभएको छ ।
नेपाल सरकारका वन तथा वातावरण मन्त्री डा. महतोले पटेललाई २०८० पुष २९ देखि आफ्नो सचिवालय सल्लाहकारमा नियुक्त गर्नुभएको हो । मन्त्री डा. महतोले मन्त्री रहँदासम्म पटेललाई कामको जिम्मेवारी दिइएको जनाइएको छ ।
पटेल जसपा बाँकेमा युवा नेताको रुपमा परिचय बनाउनुभएको छ । साथै पटेल गत स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२१ को वडाअध्यक्षको उम्मेवार समेत बन्नुभएको थियो ।





