नेपाल टेलिभिजनको ३९ औँ बार्षिकोत्सवको अवसरमा नरैनापुर गाउँपालिका सम्मानित

नेपालञ्ज । नेपाल टेलिभिजन (एनटिभी) कोहलपुरले बाँकेको नरैनापुर गाउँपालिकालाई कदर पत्रसहित सम्मान गरेको छ ।

विकासका लागि स्थानीय सरकारका तर्फबाट विगत ४ बर्ष देखि निरन्तर रुपमा समन्वय र सहकार्य ’हाम्रो नरैनापुर’ कार्यक्रम निर्माण कार्यमा सहगोगी भूमिका खेल्नुका साथै संचारमैत्री भूमिका निर्वाह गर्दै आएको भन्दै नरैनापुरका तर्फबाट लेखा अधिकृत भरत बस्नेतलाई एनटिभीले सम्मान गरेको हो ।

एनटिभीको ३९ औं बार्षिकोत्सवको अवसरमा कोहलपुरमा आज आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले नरैनापुर गाउँपालिका तर्फबाट लेखा अधिकृत भरत बस्नेतलाई कदर पत्रसहित सम्मान गर्नु भएको थियो ।

Previous articleनरैनापुरमा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Next articleनेपाल-भारत सीमा नाका कटकुइयामा फहराइयो राष्ट्रिय झण्डा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here