
बर्दिया । गेरुवा ग्रामीण जागरण संघ बर्दियाले जिल्लाका प्रसुति गृहका लागि स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ । बुधबार चौथो चरण अन्तर्गत बर्दिया जिल्लाको ८ पालिकाको १७ स्वास्थ चौकीमा रहेका प्रसुती गृहलाई टि.डि.एचद्धारा संचालित परियोजनाको सहयोगमा आधारभूत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
संघका अध्यक्ष कृष्ण जङ्ग शाह, लक्ष्मण चौधरी, रिता कुमारी थापा छेत्री लगायतले कालिका स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र थापालाई स्वास्थ सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहनका लागि संघले जिल्लामा विभिन्न अभियान संचालन गर्दै आएको जनाएको छ ।





