
सुर्खेत । सुर्खेतको बिरेन्द्रनगर नगरपालिकामा एक शिक्षिकाले कक्षा ५ मा अध्ययनरत बिद्यार्थीलाई निर्घात कुटपिट गरेकी छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नं-११ मा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालयकी शिक्षिका चेतना भण्डारीले कक्षा ५ मा अध्ययनरत ११ वर्षीय छात्र ललित रेग्मीलाई कुटेको बालकका आफ्न्तले बताएका छन् ।
अंग्रेजी विषय पढाउने शिक्षिका भण्डारीले लठ्ठीले पटक पटक हान्दा बालकको पाखुरा भन्दामाथि नीलडाम बसेको छ । विद्यार्थीलाई कुटेको घटना बिहीबार दिउँसो करिब १ बजेको भए पनि ढिलोगरि बाहिरिएको हो ।
शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरिसकेपछि विद्यालयका अन्य शिक्षकहरूले विद्यालयमा लडेर चोटपटक लागेको भन्दै बालकलाई घरमै पु¥याउन गएका थिए ।
‘बाबुलाई खेल्दै गर्दा लडेर शरीरमा चोटपटक लागेको भन्दै विद्यालयका कर्मचारीहरूले घरमा लगेका रहेछन् । तर, शिक्षकहरू फर्किएपछि ललितले घरमा म्याडमले कुटपिट गरेको कुरा खुलाएका थिए ।
ललितलाई बाटोमा खाजा खुवाएछन् र प्राटिकलमा नम्बर हाल्दिने आश्वासन दिएर कुटेको कुरा कसैलाई नभन्न टिचरले भनेको बिद्यार्थीले अभिभावकलाई बताए ।
प्रधानाध्यापक नेत्रमणि चालिसेले बालकलाई कुटपिट गरिएको कुरा सामान्य भएकोले विद्यालय प्रशासन र अभिभावक लगायतसँग छलफल भएर घटना मिलाइ सकिएको बताउनुभयो ।





