
नेपालगञ्ज । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघको केन्द्रीय नेतृत्वका लागि बाँके शाखाले शनिबार उम्मेदवार सार्वजनिक गरेको छ । बाँके शाखाबाट केन्द्रीय नेतृत्वका लागि तीन जना उम्मेदवार सार्वजनिक गरिएको हो ।
महाधिवेशनमार्फत चयन हुने नेतृत्वका लागि बाँकेबाट उपाध्यक्ष पदमा बुद्धि प्रसाद अधिकारी, केन्द्रीय खुल्ला सदस्यमा किशोर कुमार आचार्य र महिला सदस्यमा मन्दिरा पाण्डेको उम्मेदवारी रहने भएको हो ।
औपचारिक कार्यक्रमकाबीच उम्मेदवार सार्वजनिक गर्दै बाँके शाखा अध्यक्ष सागर ज्ञवालीले उम्मेदवारलाई जिताउन अनुरोध गर्नुभयो । उहाँले हाम्रा उम्मेदवारलाई जिताउन शाखाका सबैको भूमिका खेल्न आग्रह गर्नुभयो ।
उहाँले बाँके शाखाले सार्वजनिक गरेका उम्मेदवारहरु बहुआयामिक कर्तव्यनिष्ठ तथा प्रतिष्ठित ब्यक्तित्व रहेकाले उहाँहरुको जित नै शाखालाई उचाईमा पुर्याउन सहज हुने बताउनुभयो ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघको यही फागुन १८ र १९ गते संघीय राजधानी काठमाण्डौंमा सातौ महाअधिवेशन हुन लागेको छ ।
महाअधिवेशनमा बाँके शाखाबाट १२ जना मतदाताको सहभागिता रहने अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो । बाँके शाखामा जम्मा १८० जना सदस्य रहेका छन् ।





