पढाईसँगै व्यवसाय गर्ने परिश्रमी बिष्णु

नेपालगञ्ज । नेपालगञ्जका बिष्णु चिडीमार आफ्नो पढाईसंगै काम पनि गर्नुहुन्छ । आर्थिक अवस्था सुर्धान उहाँले पढाईसंगै काम गर्नुभएको हो । कामकै कारण पढाई भने छोड्ने अवस्था उहाँलाई हालसम्म आएको छैन । घरमा बुबा आमा र तीन भाई संगै बस्ने बिष्णुको पढाई मात्रै गर्ने उमेर भएपनि आर्थिक समस्याले उहाँलाई काम गर्नुपर्ने अवस्थामा पुर्याएको हो ।

हुन् त उहाँका उमेरका प्राय केटाहरु अध्ययन मात्रै गर्छन् । तर उहाँको अवस्था भने फरक छ । केही समय अघिसम्म बिष्णु अरुको पसलमा काम गर्नुहुन्थ्यो । महिनाभरी काम गरेपछि मात्रै उहाँले काम बापतको पैसा पाउनुहुन्थ्यो । पसलमा काम गर्दा उहाँलाई बिद्यालय लगायत काम पर्यो भने छुट्टि पाउन मुस्किल हुन्थयो ।

त्यसपछि उहाँले आफ्नै व्यवसाय गर्नुपर्छ भनेर सोच्नुभयो । तर उहाँसंग व्यवसायका लागि चाहिने लगानी भएन । जस कारण उहाँले केही समयसम्म आफुले चाहेको काम शुरु गर्न सक्नुभएको थिएन । यसैबीचमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१२ का जनप्रतिनिधिलाई बिष्णुले काम गर्न चाहेको कुरा जानकारी भएपछि बिष्णुको सोंचले सार्थकता पायो ।

आफ्नै व्यवसाय गर्ने सोंचे तर आर्थिक रुपमा सक्षम नभएकाहरुलाई अवसर प्रदान गर्ने नेपालगञ्जस्थित सामाजिक बिकास मंच (एस डिएफ) लाई बिष्णुको बारेमा जनप्रतिनिधिले जानकारी गराए । एसडिएफले उहाँलाई भेटेर अवस्थाको पहिचान गरि व्यवसाय गर्ने अवसर प्रदान गर्ने जनाएपछि बिष्णे खुशी हुनुभयो ।‘वडा कार्यालयका जनप्रतिनिधिले समन्वय गरेपछि मैले आफ्नो व्यवसाय संचालन गर्न सकेको छु ।’ बिष्णुले भन्नुभयो । नेपालगञ्ज-१२ चिडिमार टोलमा बस्ने बिष्णु धम्बोझी माध्यमिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । घरको कमजोर आर्थिक अवस्थाले जसोतसो अध्ययन गर्ने अवसर पाउनुभएका बिष्णुलाई आफ्नो व्यवसायमा चुनौतीको सामना गर्न पर्यो ।

सबैभन्दा ठुलो त उहाँले सोंचे अनुसार अध्ययनलाई समय दिन सक्नुभएको छैन । काम पनि गर्नुपर्ने र अध्ययन पनि संगसंगै गर्नुपर्ने भएकाले उहाँले सोंचे अनुसार बिद्यालय बाहेकको समयमा पढाईलाई समय दिन नसक्नु उहाँका लागि चुनौती रहेको छ । तरपनि अध्ययन र काम संगसँगै लैजान सक्दो प्रयास गरिरहेको उहाँल बताउनुभयो ।

उहाँले आफ्नै व्यवसायका रुपमा फ्रेस हाउस संचालन गर्नुभएको छ । बेलासुर जाने रोडमा उहाँले पूनम फ्रेस हाउस नामबाट व्यवसाय खोल्नुभएको हो । संस्थाले सीपमुलक तालिम तथा डि फ्रिज लगायतका सामाग्री सहयोग गरेपछि व्यवसाय संचालन गर्न सहज भएको उहाँले बताउनुभयो ।

यसअघि पनि उहाँ फ्रेस हाउसमा नै मासिक ज्यालादारीमा काम गर्नुहुन्थ्यो । ‘आफ्नै व्यवसाय गरेपछि राहतको अनुभूति भएको छ,’ बिष्णुले भन्नुभयो, ‘अरुको काम गर्दा समयमै जानुपर्ने र चाहेको बेला छुट्टी नपाइने, अहिले आफ्नै छ, चाहेको बेला बन्द पनि गर्न सकिन्छ, सजिलो भएको छ ।’अध्ययनका लागि समय चाहिएको बेला उहाँले ठुलो दाईलाई पसलको जिम्मा लगाउनु हुन्छ । फ्रेस हाउस संचालन गरेको छोटो समयमै त्यसका लागि चाहिने अन्य सामान पनि जोड्नुभएको छ । शुरु शुरुमा पसलको भाडा तिर्न गाह्रो भएको थियो । ‘दुई महिना भाडा तिर्न समस्या पर्यो,’ उहाँले भन्नुभयो, ‘अहिले सहज हुँदैछ ।’ फ्रेस हाउसमा कमाई पनि सन्तुष्टिजनक रहेको बिष्णुले बताउनुभयो ।

बिहान बिद्यालय जाने र बिद्यालयबाट फर्केपछि बिष्णुले फ्रेस हाउसमा समय दिनु हुन्छ । उहाँको काममा दाईको सहयोगको छ । उहाँ भन्नुहुन्छ, ‘राम्रो हुँदै गएपछि बिस्तारै व्यवसायलाई ठुलो बनाउने लक्ष्य छ ।’ एसडिएफले बिष्णुलाई पढाईसँगै व्यवसायका लागि बाटो बनाएदिएको स्थानीय जनप्रतिनिधिले बताए । अन्य युवाले पनि यस्तै श्रम गर्न आवश्यक छ ।

Previous articleगायिका सुधाको ‘माया बस्दै छ’ सार्वजनिक
Next articleनेपाली काँग्रेस नेता गजेन्द्र हमालद्वारा महासमिति सदस्यबाट राजीनामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here