नेपालगञ्ज । बाँकेकाे मुस्लिम नेता तथा अगुवा अब्दुल हमिद सिद्दिकि ( भाेला) काे निधन भएको छ । संविधान सभा सदस्यसमेत रहनुभएका सिद्दिकीको हृदयघातले निधन भएको हाे ।
छातीमा असहज भएपछि आफै रिक्सा चढेर अस्पतालतर्फ जानुभएका हाजी भोला अस्पताल नपुग्दै अवस्था असहज भएर गम्भीर अवस्थामा पुग्नुभएको थियाे ।
पारिवारिक स्रोतका अनुसार, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुगिसक्दा अत्यन्तै गम्भीर हुनुभएका उहाँको गएराती १०:३० बजेतिर निधन भएको हो ।
बाँकेको मुस्लिम समुदायमा निकै उच्च छवि बनाउनुभएकाे ६० वर्षीय उहाँ नेपाली कांग्रेसका जिल्ला स्थित प्रभावशाली नेता पनि हुनुहुन्थ्याे ।
२०७० सालमा उहाँ संविधान सभा सदस्य हुनुभएकाे थियाे । उहाँ अत्यन्तै सादगी र राष्ट्रप्रेमी नेता हुनुहुन्थ्यो । सादगी नेता पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्व: सुशील कोइरालाको जीवनशैलीबाट प्रेरित हुनुहुन्थ्यो ।