स्टेप बाई स्टेप र सिर्जना मा.विलाई पोखरा चाईल्ड स्टार-३ को उपाधी जित्न सफल

पोखरा । स्टेप बाई स्टेप मा.वि.र सिर्जना आवासीय मा.विलाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधि प्रदान गरिएको छ ।

गैह्रपाटनस्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा स्टेप बाई स्टेप मा.वि.का आश्रय भुषाल मिस्टर पोखरा चाईल्ड स्टार हुन सफल हुनुभयाे ।

ऋषभ रानाले इन्टेलेक्चुअल अवार्ड प्राप्त गर्नुभयाे भने फस्र्ट रनर अप हुन सफल हुनुभयो । कृष्मा जि.सी. मिस पोखरा चाईल्ड स्टार हुन सफल हुनुभयाे । मञ्जिता खत्री सेकेण्ड रनर अप हुनुभयो ।

यस्तै आर्या वराल एक्सप्रेसन क्वीन अवार्ड र थर्ड रनर अप हुनुभयो । दिप्तिका गुरुङले मल्टि ट्यालेन्ट अवार्ड प्राप्त गर्नुभयाे भने उहाँ फस्ट रनर अप हुनुभयो । रबिना विश्वकर्माले वेष्ट क्याट वाक अवार्ड प्राप्त गर्नुभयाे ।

एरीका आचार्यले मिस पपुलर अवार्ड प्राप्त गर्नुभयाे । जोत्सना वरालले फोटोजेनिक अवार्ड, ऋतुजा वरालले स्वीट स्माईल अवार्ड र गौरवी विकले मिस पंचुवालिटिको अवार्ड हात पार्नुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्यले विजेताहरूलाई अवार्डसहित प्रमाणपत्र दिँदै प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रमकाे महत्व रहेकाे बताउनुभयाे । उहाँले बच्चासंगै आमाहरू स्टेजमा आएर मातृवात्सल्य प्रस्तुत गरेकाे क्षण् राम्राे लागेकाेसमेत बताउनुभयो ।

नन्द इन्टरटेन्मेन्ट हाउसले आयोजना गरेको कार्यक्रमकाे मुख्य प्रायोजकमा इन्टरनेशनल कलेज अफ साइन्स (आईक्यास) रहेको थियाे । कार्यक्रम चर्चित युवा उद्घाेषक दीपेन्द्र सेन शाहीले संचालन गर्नुभएकाे थियाे ।

Previous articleसंविधान सभा सदस्य एवं मुस्लिम नेता सिद्दिकीकाे निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here