रिक्सा चालक र यात्रुलाई मास्क र कण्डम बितरण

बाँके । शनिबार २६ औँ राष्ट्रिय कण्डम दिवस मनाइएको छ । सो अवसरमा नेपालगञ्जको बीपी चोकमा रिक्सा चालक लगायत यात्रुलाई माक्स र कण्डम वितरण गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, स्वास्थ्य कार्यालय बाँकेको सहकार्य तथा विभिन्न संघसंस्थाको समन्वयमा भएको कार्यक्रमको अवसरमा माक्स नलगाएर हिडिरहेका यात्रु र सर्वसाधारणलाई माक्स र कण्डम वितरण गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय, बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत धिरजंग शाह, भेरी अस्पतालका ग्यास्ट्रोलोजिष्ट फिजिसियन डा.संकेत रिसालले कण्डमको सहि प्रयोग गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको बताउनुभएको थियो ।

दिवसलाई भेरी अस्पताल एआरटी क्लिनिक, पश्चिम तारा नेपाल, असहाय सेवा संघ, जुनकिरी महिला समुह, सिआरएस, नागार्जुन डेभलपमेन्ट कमिटी, चेन्ज टीम, एनएपिएन लगायत संघसंस्थाले सहकार्य गरेका थिए ।

Previous articleपाँच घण्टामा एक सुत्केरीसहित चार जनाको मृत्यु
Next articleनेपालकै ठूलो क्रिकेट रंगशाला बन्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here