सुनिल सिंह ठकुरीको नयाँ गीत “सुस्तरी सुस्तरी” सार्वजनिक

नेपालगन्ज । गायक तथा मोडेल सुनिल सिंह ठकुरीको नयाँ गीतको भिडियो “सुस्तरी सुस्तरी” सार्वजनिक भएको छ ।

सुनिल सिंह ठकुरी नामक आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक भएको गीतमा टिका बोम्जनको शब्द सङ्गीत, ठकुरी र सदिक्षा कट्टेलको आवाज रहेको छ ।

गीतको भिडियोमा स्वयं सुनिल र पुनम श्रेष्ठ फिचर्ड हुनुहुन्छ । गीतको भिडियो आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । रमाईलो डान्सिङ्ग नम्बरको गीतलाई निर्देशन, सम्पादन र क्यामरामा कैद गर्ने काम नितिन चन्दले गर्नुभएको छ ।

ठकुरीको केहि समय अगाडी सार्वजनिक भएको गीत ´घण्टा जस्तो लभ` हालसम्म चर्चामा छ । घटना घट्यो, जानी नजानी, जिन्दगी जस्ता गीतहरु ठकुरीको चर्चित र सफल गीत हुन् ।

Previous articleठकुरी फिक्ट्सको नेपाल दूतमा नियुक्त
Next articleपेट्रोलियम पदार्थको मूल्य घट्याे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here