लैङ्गिक रुपान्तरण र सुरक्षित विद्यालय निर्माणका लागि सरोकारवालाको जागरुक्ता

मधुवन-बर्दिया । बर्दियाकाे मधुवन नगरपालिकामा रहेका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुका लागि लैङ्गिक रुपान्तरण र सुरक्षित विद्यालय कार्यढाँचा सम्बन्धि दुई दिने अभिमुखिकरण प्रदान गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बि-ग्रुप) बाँकेको साझेदारी तथा मधुवन नगरपालिकाको सहकार्यमा अभिमुखिकरण प्रदान गरिएको हाे ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुका लागि लैङ्गिक रुपान्तरण र सुरक्षित बिद्यालय कार्यढाँचा सम्बन्धि अभिमुखिकरणमा सुरक्षित सिकाई वातावरणमार्फत रोजगार उन्मुख शिक्षाको व्यवस्थापन गर्ने विद्यालयको रुपमा स्थापित हुने, बालमैत्री विद्यालय सिर्जना गरी कामप्रति सकारात्मक सोच विकास र उत्पादन गर्ने उत्कृष्ठ थलोको रुपमा विद्यालयलाई विकसित बनाउने लगायत विषयमा छलफल गरिने योजनाका साथ अभिमुखिकरणको गरिएको परियोजनाका फिल्ड सुपरभाइजर गंगा गुरुङ्गले जानकारी दिनुभयो ।

आगामी दिनहरुमा लैङ्गिक कार्य ढाँचामा रहेको दुरदृष्टि प्राप्तिका लागि निश्चित उद्देश्य तय गर्नुपर्ने, बालकेन्द्रीत रचनात्मक सिकाईमार्फत् उच्चतम सिकाई उपलब्धी सुनिश्चितताका लागि प्रेरित एवम् लगनशिल जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा विकास गराउने उद्देश्य अनुसार आगामी दिनमा सामुदायिक बिद्यालयमा हेर्न र देख्न चाहेको बि-ग्रुपका परियोजना प्रबन्धक बिर्खराज उपाध्यायले जानकारी दिनुभयो ।

अभिमुखिकरणमा ११ विद्यालयका ब्यवस्थापन समित, शिक्षक अभिभावक संघका पदाधिकारी र प्रधानाध्यापकसहित २१ जनाको सहभागिता रहको थियो । अभिमुखिकरणलाई शिक्षा क्षेत्रमा कृयाशिल बखत भण्डारीले सहजिकरण गर्नुभएको थियो ।

Previous articleबाँकेमा ६ लाख बराबरको अबैध कुखुराको चल्ला बरामद
Next articleखजुरामा बित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here