सातौं प्रादेशिक महोत्सवको तयारी पुरा

नेपालगन्ज । नेपालगन्जको वाटरपार्कमा भोलिदेखि सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको शुरु हुने भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले सोमबार महोत्सव परिसरमा पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको र भोलिबाट मेला शुरु हुने जनाएको छ ।

भोलि उद्घाटनका दिन ¥यालीसहित भब्य झाँकीका साथ महोत्सवको उद्घाटन गरिनेछ । महोत्सव मुल आयोजक समिति संयोजक मधु खड्काले तयारी पुरा भएको महोत्सवलाई सभ्य र भब्यरुपमा सम्पन्न गर्न कुनै कसर नरहने जानकारी दिनुभयो । महोत्सव स्थलमा २ सय स्टल बुक भईसकेको आयोजकको भनाई छ ।

महोत्सवलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न महासंघ जिल्लास्थित सम्बद्ध सरोकारवालासँग आवश्यक समन्वय गरेको छ । सुस्ताउदै गएको ब्यापार व्यवसायलाई चलयमान बनाउने उद्देश्यका साथ उद्यमीहरुले उत्पादन गरेको वस्तुहरुको बजारीकरण, उत्पादन र उद्यमीहरुको प्रर्वद्धनका लागि महोत्सवको आयोजना गरिएको संयोजक खड्काले जानकारी दिनुभयो ।

मेला महोत्सवबाट नेपालगन्जको मौलिक कुराहरुको प्रर्बद्धन गर्नुका साथै नेपालगन्ज वाटरपार्कसहित यसक्षेत्रको पर्यटन प्रर्वद्धनमा जोड दिनुका साथै महासंघको भवन निर्माणमा समेत बजेट संकलनका लागि महोत्सव महत्वपूर्ण रहेकोले उहाँले जिल्लाबासीलाई महोत्सवमा सहभागि हुन आग्रह गर्नुभयो ।

बढ्दै गएको गर्मीको चुनौतीका बाबजुत नेपालगन्जमा पहिलोपटक बेलुका ८ बजेसम्म महोत्सव सञ्चालन हुने भएकाले सन्ध्याकालिन महोत्सवको आनन्द लिनका लागि पनि महोत्सवमा सहभागि हुन नछुटाउन संयोजक खडकाले आग्रह गर्नुभयो ।

वाटरपार्कको खुला मैदानमा १३ दिनसम्म संचालन हुने महोत्सवमा ५० वटा स्टल उद्यमीहरुलाई निशुल्क उपलब्ध गराइएकोछ । महोत्सवमा २५० देखि ३०० वटासम्म विभिन्न स्टलहरू राखिने जनाउँदै अध्यक्ष खड्काले ती स्टलहरूमा कृषि, वनपैदावर, हस्तकला, ऊर्जा, बायोग्यास लगायतका सामग्रीहरू प्रदर्शनी गरिनेछ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूद्वारा हरेक दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिने जनाउँदै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जीआर भुसालले महोत्सवमा एक लाख पचास हजारदेखि दुई लाखसम्म दर्शकले अवलोकन गर्ने तथा दुई करोड जतिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो ।

Previous articleलोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा पुनः कृष्ण चयन
Next articleलिलाराज उपाध्याय बाँके निर्माण व्यवसायी संघको अध्यक्षमा सर्वसम्मत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here