लिलाराज उपाध्याय बाँके निर्माण व्यवसायी संघको अध्यक्षमा सर्वसम्मत

नेपालगञ्ज । बाँके निर्माण व्यवसायी संघको अध्यक्षमा लिलाराज उपाध्याय सर्वसम्मत चयन हुनुभएको छ । सोमबार नेपालगन्जमा सम्पन्न बाँके निर्माण व्यवसायीको २३ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनले उपाध्यायलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा टंकबहादुर खड्का, प्रथम उपाध्यक्षमा दिनकर भट्टराई, द्वीतिय उपाध्यक्ष पूर्णबहादुर राना, महा-सचिवमा भुपाल वली, नीतिगत उप-महासचिवमा नरेशबहादुर शाही, आ-उपमहासचिवमा मुहतयार कवडिया, कोषाध्यक्षमा बालकुष्ण शाह र सह-कोषाध्यक्षमा माधवकुमार शाही चयन हुनुभएको छ ।

यस्तै महिला सदस्यमा मिना खत्री र सदस्यहरुमा नैनबहादुर वली, भोजराज पनेरु, भिमबहादुर शाही, अन्जनीकुमार गुप्ता, मानबहादुर खड्का, बलबहादुर खड्का, विकास सापकोटा चयन हुनुभयो । यसअघिको दुई कार्यकालमा टेकबहादुर खड्का अध्यक्ष रहनुभएको थियो ।

कार्यसमिति सदस्य भिमबहादुर शाहीले नयाँ कार्यसमितिमा सबै युवाहरु भएको हुनाले अब हरेक काम तीव्ररुपमा गति लिने बताउनुभयो ।

Previous articleसातौं प्रादेशिक महोत्सवको तयारी पुरा
Next articleनेपालगञ्जमा फिल्म फेस्टिभल हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here