नेपालगञ्जबाट पाटे बाघको छालासहित सुर्खेतका एक युवक पक्राउ

नेपालगञ्ज । बाँकेमा पाटे बाघको छालासहित एक युवक पक्राउ परेका छन् । नेपालगञ्जको पुष्पलाल चोकस्थित रोयल महाबुब होटलबाट पाटे बाघको छालासहित सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर २ पाक्माका २८ बर्षीय युवा चन्द्रबहादुर कार्की पक्राउ परेका हुन ।

होटलमा दुर्लभ पाटेबाघको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले गरेको चेकजाँचमा होटलको १०१ नम्बर कोठा भाडामा लिई बसेका कार्कीले हरियो कालो रङको झोलामा लुकाई छिपाई राखेको अवस्थामा पाटे बाघको छाला फेला परेको थियो ।

पाटे बाघको छालाको लम्बाई ५ फिट ९ इन्च र चौडाई ३ फिट २ इन्च रहेको छ । बाघको छालासहित कार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाही थालिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

Previous articleमहोत्सवमा भोलि (विहीबार) ज्योती मगरको प्रस्तुति
Next articleडुडुवाका दुई स्वास्थ्य संस्था लुम्बिनी प्रदेशमै किशोर-किशोरीमैत्री घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here