महोत्सवमा भोलि (विहीबार) ज्योती मगरको प्रस्तुति

नेपालगञ्ज । नेपालगञ्जको वाटरपार्कमा मङ्गलबारदेखि सुरु भएको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तेस्रो दिन बिहीबार ज्योती मगरको बेजोड प्रस्तुति रहने भएको छ ।

प्रतिकुल मौसमका कारण बुधबार ज्योती मगरसहितका राष्ट्रिय कलाकारको प्रस्तुति हुने पूर्वनिर्धारित कार्यक्रम बिहीबार हुने भएको हो । बुधबार स्थानीय कलाकारले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई नचाए ।

आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अनुसार बुधबारको पूर्वनिर्धारित सबै कलाकारहरुको बिहीबार प्रस्तुति रहेनछ । बिहीबार विहान ११ बजेदेखि स्थानीय कलाकारको प्रस्तुति रहनेछ भने दिउँसो २ बजेपछि राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।

मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवको तेस्रो दिन गायिका ज्योती मगरले आफ्नो प्रस्तुति राख्ने आयोजक महासंघका प्रचारप्रसार संयोजक इन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।ज्याती मगरका साथ तेस्रो दिन गायक कमल विसी ‘माल्दाई’ र सपना शाहीको समेत प्रस्तुति रहनेछ । भने पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले उक्त कार्यक्रमको सञ्चालन गर्नुहुनेछ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगञ् नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ ।

चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवका समयमा होली पर्ने भएकाले चैत १२ गते होली उत्सव कार्यक्रम राखिएको छ । होली उत्सवका दिन नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाहलाई आमन्त्रण गरिएको छ ।

महासंघ, बाँकेका अध्यक्ष मधुकुमारी खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

तराई क्षेत्रमा गर्मी बढ्न थालेको अवस्थालाई ध्यानमा राखेर महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा रु दुई करोड बढीको कारोबार तथा दुई लाख बढी दर्शक अवलोकन गर्न आउने अपेक्षा गरिएको छ ।

Previous articleगिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा फलफूल वितरण
Next articleनेपालगञ्जबाट पाटे बाघको छालासहित सुर्खेतका एक युवक पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here