७ किलो अफिमसहित दुई जना पक्राउ

बाँके । बाँकेमा ७ किलो अफिमसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कोहलपुर नगरपालिका वडा नं–२ बसपार्कस्थित भेरी गेष्ट हाउसबाट अफिमसहित दुई जना पक्राउ परेका हुन ।

प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत ती व्यक्ति र सामान सार्वजनिक गरेको छ । उनीहरुलाई मंगलबार साँझ पाँच बजेको समयमा उक्त गेष्ट हाउसको कोठा नं–१०५ बाट लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालयको टोलीले जाजरकोटको नलगाढ नगरपालिका वडा नं–९ का ४५ वर्षीय जय बहादुर सिंह र ३३ वर्षीय बिरेन्द्रमान सिंहलाई पक्राउ गेको हो ।

सूचनाको आधारमा टोलीले उनीहरुलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई लागुऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार १५ वर्षदेखि जन्म कैद र ५ लाख देखि २५ लाखसम्म जरिवाना हुने प्रहरीले जनाएको छ ।

Previous articleकोरोनाबिरुद्धको भ्याक्सिन आपूर्ति गर्न समिति गठन
Next articleसमाजबादी महिला संघ बाँकेद्धारा शुभकामना आदान–प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here