समाजबादी महिला संघ बाँकेद्धारा शुभकामना आदान–प्रदान

बाँके । समाजबादी महिला संघ बाँकेले बुधबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिजया दशमी, मोहम्मद डे, शुभ दिपावली, छठ पर्व, गुरु नानक जयन्ती तथा नेपाल सम्बतको अवसरमा बुधबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर शुभकामना आदान प्रदान गरेको हो ।

संघकी अध्यक्ष दिपा रानामगरको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले महिलाहरु नेतृत्व तहमा आउनुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्ला केही वर्ष यता नेतृत्व तहमा महिलाको सहभागिता बढेको भएपनि हुनुपर्ने जति अझै हुन नसेकेको बताउनुभयो ।

उहाँले संघले अब महिलाहरुको आर्थिक सम्पन्नताका लागि रचनात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राई, समाजवादी पार्टीको भातृ संगठन सिल्पी संघका केन्द्रीय उपाध्यक्ष कौशल कुमार धोवी, तत्कालिन सपाको प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले, प्रदेश सदस्य माजिद अलि शेष, बेबी तबस्सुम अन्सारी, बद्रुदुजा खाँ, राजेन्द्र बिश्वकर्मा र समाजवादी बाँकेका उपाध्यक्ष राजन रानामगर लगायतले शुभकामना दिनुभएको कार्यक्रमलाई संघ बाँकेकी उपाध्यक्ष रुबी ढपालीले संचालन गर्नुभएको थियो ।

Previous article७ किलो अफिमसहित दुई जना पक्राउ
Next articleपालिकास्तरीय मानव वेचविखनविरुद्ध समिति गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here