होलीको शुभकामना आदान प्रदान

नेपालगञ्ज । होलिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि मधेश मिडिया मिसन नेपालले हर्षोउल्लासका साथ होलीको शुभकामना आदान-प्रदान कार्यक्रम गरेको छ ।

स्थानीय धार्मिक पर्यटकीय स्थल १००८ हडिया बाबा आश्रममा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनुभएकी सांसद लक्ष्मी तिवारीले सबैमा शुभकामना दिनुका साथै धार्मिक स्थल आश्रममा देखिएका केही समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अवधी भाषा जानकार तथा अवधी साँस्कृतिक प्रतिष्ठानका संस्थापक अध्यक्ष विष्णुलाल कुमालले होली पर्व मनाइने तथा होली पर्वमा खास गरी अवधी प्रदेश तिर गाली, हाँसो गरिने कारणबारे स्पष्ट पार्नुभयो ।

पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार राजा हिराण्य कश्यपका छोरा प्रहलादको चर्चा गर्दै सोही कालदेखि होली पर्व मनाउने परम्परा चलि आएको प्रतिष्ठानका संस्थापक अध्यक्ष कुमालले चर्चा गर्नुभएको थियो । यस्तै अवधीका जानकार पण्डित शिवप्रसाद पाठकले होली पर्व सद्भावको पर्व भएको हुँदा सबै समुदाय मिलेर होली मनाउनु पर्ने बताउनुभयो ।

समाजसेवी माधवराम बर्मा, अधिवक्ता तथा सामाजिक अभियन्ता विश्वजीव तिवारी, भेरी अस्पतालका अध्यक्ष विरेन्द्र शाह, प्रेस चौतारी नेपाल बाँके अध्यक्ष दुर्गा रोकाय, हडिया बाबा आश्रम व्यवस्थापन समिति अध्यक्ष नन्दलाल वैश्य, हनुमान चालिसा समितिका सदस्य दिलीप रेग्मी लगायतले आ-आफ्नो भनाई राख्दै होली पर्वको शुभकामना दिनुभएको थियो ।

मधेश मिडिया मिसन नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद परिषद लुम्बिनी प्रदेश सदस्य नरेन्द्र थापा, प्रेस युनियनका पूर्व अध्यक्ष अर्जुन ओली, जि नेपाल एचडी टेलिभिजनका अध्यक्ष आशिष गुप्ता, राप्रपाका नेता मदनराज शर्मा, एच सी आर सीका रबिन्द्र ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।

Previous articleनिःशुल्क स्वास्थ्य शिविरबाट ६ सय २६ जना लाभान्वित
Next articleपहाडी क्षेत्रमा आज होली मनाइदैं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here