निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय २६ जना लाभान्वित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ तेजनगरमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ६ सय २६ सय जना लाभान्वित भएका छन् । शनिवार स्थानीय मनकामना माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट वडा नम्बर १, १८ र जानकी गाउँपालिका वडा नं ३ का विद्यालयका शिक्षक विद्यार्थी, अभिभावक र सर्वसाधारण नागरिक निःशुल्क स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा जनरल स्वास्थ्यतर्फ १ सय ४ जना पुरुष र १ सय ७१ जना महिला सहित २ सय ७५ जनाको परीक्षण गराएका थिए भने आँखा परिक्षण तर्फ १ सय ५४ जना पुरुष र २०० जना महिला समेत ३ यस ५४ जनाले आँखा परीक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माका अनुसार उक्त शिविरमा सबभन्दा बढी उमेर ८१ वर्षका पुरुष र ८० वर्षकी वृद्धा महिलाले पनि स्वास्थ्य परिक्षण र आँखा परीक्षण गराएका थिए भने शिविरमा सबभन्दा कम उमेर १ वर्षकी बालिका र १८ महिना वर्षको बालकले स्वास्थ्य परीक्षण गराएका थिए ।सो अवसरमा केन्द्रकी अध्यक्ष लता शर्माले विद्यार्थीहरुको आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि केन्द्रको तर्फबाट मनकामना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम चन्द ठकुरी र प्रिन्सीपल हेमा देवी भुजेललाई प्राथमिक उपचार बक्स हस्तान्तरण गर्नु भएको थियो । उक्त बक्स भित्र आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक पर्ने करिव २० थरीका आौषधीहरु छ ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठकुरीले निःशुल्क स्वास्थ्य परीक्षण र औषधी उपलब्ध गराएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गर्नुभयो । शिविरमा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरका डा.हर्षित पाठक, डा.आशिष न्यौपाने र दृष्टि विशेषज्ञ जीतेन्द्र कुमार वर्मा, स्वास्थ्य सहायक सुनिल धोबीले स्वास्थ्य परीक्षण गर्नु भएको थियो भने स्टाफ नर्स सुश्री सिमरनले स्वास्थ्य परीक्षणमा सहयोग गर्नुभएको थियो ।

डा.पाठकका अनुसार स्वास्थ्य परीक्षण गरिएका अधिकाँश सेवाग्राहीहरु भाइरल ज्वरो, इलर्जी, रुघा खोकी र छाला सम्बन्धि रोगबाट बढी पीडित भएको पाइएको बताउनुभयो । त्यसैगरी पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था बाँकेका व्यवस्थापक बामदेव भट्टराई, आयोजक संस्थाका कार्यक्रम संयोजक महेश श्रेष्ठ, सामुदायिक स्वास्थ्य केन्द्रका इञ्चार्ज रमण कुमार शर्मा, स्वास्थ्य सहायक राजेन्द्र कुमार वर्मा, निखिल जायसवाल, अञ्जना गुरुङ, दिलमाया वि.क., राजा साहिल, आकाश जायसवाल लगायतले सहयोग गर्नुभएको थियो ।

Previous articleमहोत्सवमा आईतबार प्रमोद खरेलको प्रस्तुति
Next articleहोलीको शुभकामना आदान प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here