
नेपालगञ्ज । जन्मदिन मनाउने सबैको आआफ्नै शैली हुन्छ । कसैले केक काटेर मात्र मनाउने गर्छन त कसैले भ्रमण गरेर,भोज खुवाएर अनि बिरुवा लगाएर आदि तरिकाले मनाउने गर्छन । सामाजिक भावनाबाट ओतप्रेत भएर कम व्यक्तिहरुले मात्र जन्मदिन मनाउने गर्छन ।
जन्मदिनमा सामाजिक काममा रकम खर्च गर्नुको साटो पार्टिमा अनावश्यक खर्च गर्ने चलन छ । तर बाँकेका शैक्षिक अगुवा श्याम कुँवरले जन्मदिनको अवसरमा बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय दाङपुरुवामा अध्ययनरत अति बिपन्न २० बालबालिकालाई पोसाक र शैक्षक सामाग्री बितरण गर्नुभएको हो ।
यसैबिच उहाँले “सभ्यताको घर“ बाल आश्रमका १४ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री बितरण गर्नुभएको हो । जन्मदिनको अवसरमा नेशनल प्याब्सनका केन्द्रीय सदस्य, हिमालय बिद्या निकेतनका संस्थापक तथा निर्देशक शैक्षिक अभियान्ता तथा सामाजिक व्यक्तित्व कुँवरले जन्मदिनको अवसरमा सामाजिक काम गर्दे आउनुभएको छ । सामाग्रि वितरणपछि कुँवरले सामाजिक कामबाट आफूलाई खुसी मिल्ने गरेको बताउनुभयो ।






