स्थानीय योजना तर्जूमा प्रक्रियामा युवा सहभागिताबारे छलफल

नरैनापुर । बाँकेमा संचालित किशोर किशोरी प्रजनन स्वास्थ्य परियोजना अन्तर्गत नरैनापुरमा रहेको पालिका स्तरीय युवा क्लबको त्रैमासिक बैठक तथा छलफल भएको गरिएको छ । बैठकमा स्थानीय योजना तर्जूमा ,बजेट विनियोजन विधिबारे जानकारी प्रदान गराउन र स्थानीय योजना तर्जूमाका विभिन्न ७ चरणको प्रक्रियामा युवाहरुको सक्रिय सहभागिता बढाउनका लागि छलफल कार्यक्रम गरिएको हो ।

बैठकमा युवा क्लबले स्थानीय तहमा संचालन गरेको क्रियाकलाप तथा क्लबका सदस्यहरु सहभागि भएको कार्यक्रमहरुको बारेमा सिकाई अदान प्रदान गरिएको थियो । कार्यक्रममा सहभागि युवाहरुलाई विभिन्न समुहमा विभाजन गरि नरैनापुरमा रहेका युवाका सवालहरु पहिचान गरि प्रथामिकिकरण समेत गरिएको थियो ।नरैनापुर पालिकास्तरीय युवा क्लब संजालका पदाअधिकारी अनुसार नरैनापुरमा बाल विवाह, किशोर किशोरीहरुको प्रजनन् स्वास्थ्य, छात्राहरुका लागि निःशुल्क स्यानिटरी प्याड, शैक्षिक गुणस्तर सुधार ,स्वास्थ्य संस्थामा सहज र किशोर किशोरी मैत्रीपूर्ण वातावरण, युवा बेरोजगारी, खेलकूद मौदान, योजना तर्जुमा प्रक्रिमा युवा सहभागिता, घरेलु तथा लैगिंक हिंसा, विद्यालयमा स्वास्थ्य फोकल पर्सन, युवा सूचना केन्द्र, कृषि व्यवसायका लागि बिउ विजन, लागुऔषध दुव्र्यसन, युवा निति लागएतका समस्याहरु रहेको बताएका छन् ।

सो समस्याहरुलाई प्रथामिकिकरण गरि विभिन्न कार्यक्रम संचालनका लागि कार्ययोजना समेत निर्माण गरिएको छ । कार्यक्रममा मुना राना, शुशिला सापकोटा, गुलजार अहमद मुकेरी, राजन बर्मा र आशिष बर्माले सहजिकरण गर्नुभएको थियो ।

Previous articleजन्मदिनमा विपन्न बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण
Next articleबाल बिज्याइँका बारेमा कर्णालीका सबै जिल्ला अदालतसंग सूचना माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here