दन्त चिकित्सकहरुको पहिलो क्षेत्रीय कार्यशाला नेपालगञ्जमा सुरु

नेपालगञ्ज । दन्त चिकित्सकहरुको पहिलो क्षेत्रीय कार्यशाला एवं प्रत्यक्ष सहभागीतामुलक कार्यक्रम नेपालगञ्जमा सुरु भएको छ ।

मुख तथा दन्त स्वास्थ्य सेवाका सवालमा विभिन्न जानकारी आदान प्रदान गर्न कार्यशालाको आयोजना गरिएको नेपाल डेन्टल एसोसिएसन बाँकेका अध्यक्ष डा.प्रतिक श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यशालाको संयुक्त रुपमा वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.बिनोद थापा र एसोसिएसनका बाँके अध्यक्ष डा.श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै डा.थापाले यसखाले कार्यक्रम निरन्तर रुपमा गरिराख्न आयोजकलाई सुझाव दिनुभयो ।

चिकित्सकहरूबीच अनुभव आदान प्रदान, विचार विमर्श तथा अन्तरक्रियाद्वारा दन्त चिकित्सा सम्बन्धी ज्ञान, सिप र धारणा प्रत्यक्ष सहभागीतामूलक कार्यक्रमका माध्यबाट आदान प्रदान गर्नका लागि सम्मेलनले महत्वपूर्ण भुमिका खल्ने आयोजकले विश्वास लिएको छ ।

दन्त चिकित्सामा प्रयोग हुने नविन प्रविधि यन्त्र, उपकरण लगायतका कुरामा सम्मेलनमा चर्चा हुने एसोसिएसनका बाँके अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा दन्त चिकित्सासम्बन्धी अत्याधुनिक उपकरण एवं औषधीजन्य सामाग्रीको प्रदर्शनी राखिएको छ ।

कार्यशालामा बाँके ,बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत लगायतका जिल्लामा कार्यरत ६० बढी दन्त चिकित्सकहरुको सहभागिता रहेको छ । कार्यक्रममा डा.सुमन गौतम, डा.श्याम कुमार महर्जन र डा.मिलन अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

Previous articleनेपालगञ्जमा ‘दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी क्षेत्र’ सञ्चालन
Next articleलुम्बिनी प्रदेशमा राज्य पक्षबाट ४४ जना पीडित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here