लुम्बिनी प्रदेशमा राज्य पक्षबाट ४४ जना पीडित

नेपालगञ्ज । पछिल्लो एक वर्षमा लुम्बिनी प्रदेशमा राज्य पक्षबाट मानव अधिकार उल्लघंनका घट्नामा ४४ जना पीडित बनेका छन् । गत वर्ष २०२३ मा लुम्बिनी प्रदेशमा मात्रै राज्य पक्षले घटाएको बिभिन्न प्रकारको मानव अधिकार उल्लघंन घट्नामा ४४ जना पीडित बनेका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र लुम्बिनी प्रदेशले शुक्रबार नेपालगञ्जमा सरोकारवालामार्फत सार्वजनिक गरेको गत एक वर्षको मानव अधिकारको अवस्थाको तथ्याँक अनुसार राज्य पक्षबाट सबैभन्दा बढी कुटपिटका घटना भएका छन् ।

तथ्याँक अनुसार राज्य पक्षले २७ जनालाई कुटपिट गरेको छ । उनीहरु सबै पुरुष रहेका छन् । यसपछि गिरफ्तारीको घट्ना रहेको छ । राज्य पक्षले एक वर्षमा ९ जनालाई कानून मिचेर पक्राउ गरेको छ । जसमा १ जना महिला पनि छिन् ।

सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म गरिएको अध्ययन प्रतिवेदनका रूपमा प्रकाशन भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अनुसार कारागारमा ३ जनाको मृत्यु भएको छ भने २ जनामाथि अमानवीय व्यवहार, १ जनाको हिरासतमा मृत्यु, १ जनालाई धम्की र १ जनामाथि महिला अधिकार सम्बन्धी घट्ना घटेको छ ।

अभिलेख अनुसार लुम्बिनी प्रदेशमा यस वर्ष मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा २ हजार ८३ जना पीडित भएका छन् । गत वर्ष सन् २०२२ मा भने २ हजार ९९ जना पीडित भएका थिए । यस वर्ष ज्यादतीका घटनामा अन्य पक्षबाट १ हजार ९ सय ६३ जना महिला तथा ७५ जना पुरुष र लैङ्गिक अल्पसंख्यक १ जनासहित जम्मा २ हजार ८३ जना पीडित भएका छन् । जसमा महिला अधिकार उल्लघंनमा १ हजार ६ सय ११ जना छन् ।

महिला बेचबिखनका घटनामा ५, महिला बेचबिखन प्रयासका घटनामा १०, घरेलु हिंसाका घटनामा १ हजार ४ सय ३५, कथित बोक्सीको आरोपमा २, बहुविवाह १, बलात्कारका घटनामा १ सय २२, बलात्कार प्रयासका घटनामा २९ र यौन दुव्र्यवहारको घटनामा ७ जना पीडित भएका छन् ।

बाल अधिकार उल्लघंनका घटनामा ३ सय ४ जना पीडित भएका छन भने बलात्कारका घटनामा २ यस १, यौन दव्र्यवहारको घटनामा ७ जना बालकसहित ७५ जना, बालबालिका बेचबिखनमा ९, नवजात शिशुको हत्या घटनामा १ जना बालिकासहित ४ जना, यातना दिइएको घटनामा १ जना, शिक्षाबाट बञ्चित गराइएको घटनामा ३ जना, बालविवाहका ६ ओटा र बिद्यालयमा शारीरीक सजाय दिएको १ जना बालिका, ४ जना बालक गरी ५ जना पीडित भएको तथ्याँकमा उल्लेख छ । गत वर्षभन्दा यो वर्ष १ हजार ९ सय ५१ जनाले बढी पीडित भएका छन् ।

जसमा मानव अधिकार उल्लंघनका घटनामा राज्य पक्षबाट ५० जना महिला र ५ सय ७४ जना पुरुष गरी जम्मा ६ सय २४ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ६ हजार ८ सय ४९ जना पीडित भएका छन् ।

Previous articleदन्त चिकित्सकहरुको पहिलो क्षेत्रीय कार्यशाला नेपालगञ्जमा सुरु
Next articleलुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here