
नेपालगञ्ज । बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा कारवाहीमा पर्नुभएकाे छ । प्रहरी प्रधान कार्यालय नक्सालले बाँकेका प्रमुख, प्रहरी उपरीक्षक बाेहरालाई कारवाही गर्दै काज सरूवा गरेकाे हाे ।
प्रधान कार्यालयले विवादित बन्नुभएका प्रहरी प्रमुख बोहराको मधेस प्रहरी कार्यालयमा काज सरुवा गरेको छ भने एसपी तुलबहादुर कार्कीलाई काज सरुवा गरेर बाँके पठाएको छ । यसका साथै अन्य ६ जिल्लाका एसपीहरुको पनि अवधि नपुग्दै काज सरुवा गरिएकाे छ ।
बाँकेमा असुलीधन्दा र गुण्डागर्दी जस्ता कार्यलाई प्रसय दिएकाे पछिल्लो समय समाचार प्रकाशनलाई राेक्न पत्रकारलाई धम्की दिएकाे बिषयमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले छानबिन समिति समेत गठन गरेकाे छ ।
छानबिन समिति गठन गरेकै दिन प्रधान कार्यालयले शुक्रबार नै एक सूचना जारी गर्दै प्रहरी उपरीक्षक बाेहराकाे काज सरूवा गरेकाे छ । पछिल्लो दुई महिना यता मात्रै बाँकेमा आधा दर्जन जति हत्या, कुटपिट, अपहरण लगायतका हिंसात्मक घटना भएका छन् ।
प्रहरी उपरीक्षक बाेहराले नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार लेखेकै भरमा धम्की दिएपछि विभिन्न पत्रकार संगठन तथा मानव अधिकारकर्मीले एसपीकाे बिराेध गरेका छन् ।





