
नेपालगञ्ज । बेरिना क्रिमको महत्व र उचित प्रयोगबारे जानकारी दिने उद्देश्यले नेपालगञ्जमा एक दिने अभिमुखिकरण गरिएको छ । यसको उचित प्रयोगबारे शनिबार नेपालगञ्जमा एक दिने अभिमुखिकरण प्रदान गरिएको हो ।
चर्चित हबिब हेयर एड व्यूटि सप काठमाण्डौंका प्रसिद्ध प्रशिक्षकले क्रिमको उचित प्रयोग तथा महत्वबारे जानकारी प्रदान गर्नुभएको थियो । कपालमा लगाउने बेरिना कलरको सही प्रयोग तथा चाहिएको कलर बनाउनका लागि व्यूटिशियनलाई अभिमुखिकरण दिइएको आयोजक शौन्दर्यकला व्यवसायी संघकी केन्द्रीय उपाध्यक्ष सर्मिला खत्रीले जानकारी दिनुभयो ।
लामो समयदेखि नेपालमा हेयरर फेसियल क्रिमको आधिकारिक बिक्री भइरहेको बितरक राजेश जलानले बताउनुभयो । नेपालमा हेयर कलर क्रिम भित्रिएको पहिलो बेरिना नै रहेको र यसमा हाल ४० प्रकारका भेराईटीमा उत्पादनहरु रहेको बताउनुभयो ।
क्रिमको सही प्रयोग नजानेर कपाल बिगारदिने, सही प्रयोग प्रक्रिया र सामानको महत्व बुझेर मात्र सामान किन्नुपर्ने महत्व बुझाउन अभिमुखिकरण संचालन गरिरहेको बजार व्यवस्थापक सुमन चित्राकारले बताउनुभयो ।





