तेलियनपुरका २० जना किशोरीलाई फ्रिडम किट बितरण

नेपालगञ्ज । महिनावारी भएको समयमा किशोरी तथा महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि किट ब्याग बितरण गरिएको छ ।

युकेको सहयोग तथा बास नेपालको आयोजनामा आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-२१ स्थित तेलियनपुरका २० जना किशोरीलाई उक्त किट ब्याग वितरण गरिएको हो ।

महिनावारी भएको समयमा बजारमा पाउने कमसल सेनेटरी प्याड तथा फोहोर कपडाको प्रयागले किशोरीहरुको स्वास्थ्यमा आउने समस्याबाट सजग गराउन पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याडसहितको किट ब्याग वितरण गरिएको छ ।

तीन बर्षसम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुनः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामाग्री राखिएको छ । किट ब्याग बिद्यालय गएको समय, यात्रामा वा घरमा हुँदा महिनावारी भएमा तत्काल प्रयोग गर्न मिल्ने गरी तयार गरिएको छ ।

फ्रिडम किट ब्याग प्राप्त गरेपछि बोल्दै स्थानीय १९ बर्षीया ज्योती बिकले महिनावारी भएको अवस्थामा कसरी सुरक्षित रहने भन्ने कुराको जानकारी भएको बताउनुभयो । अर्की १७ बर्षीया भगवती सिंहले प्याडका प्रकार र प्रयोग विधिको बारेमा प्रष्ट भएको बताउनुभयो ।

फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाईदा लगायतका बिषयमा फ्लेक्स कार्डसहित बासकी महिला शसक्तिकरण कार्यक्रम प्रबन्धक राष्टि बुढा मगर र एजुकेशन पर्सन रमिता शाहले जानकारी गराउनुभएको थियो ।

फ्रिडम किट ब्यागकी एम्बेस्टर निर्मला श्रेष्ठ, प्रशिक्षक मिना श्रेष्ठ, बासका कार्यकारी निर्देशक नमस्कार शाह लगायतले किट बितरण गर्नुभएको थियो । बास नेपालले नेपालगञ्जमा फ्रिडम किट ब्याग उत्पादन गरि निःशुल्क ग्रामीण समुदायका किशोरी तथा महिलाहरुलाई बितरण गर्दै आएको छ ।

Previous articleश्रमिक दिवसमा नेपालगञ्जमा प्रभातफेरी र सभा हुने
Next article६ जना मन्त्री नियुक्तीसँगै कर्णाली सरकारले पायो पूर्णता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here