सामाजिक घटनाहरु बाहिर ल्याउन चित्रकला कार्यशाला

ठाकुरबाबा, बर्दिया । समाजमा घट्ने सामाजिक अपराधहरु बाल विवाह, घरेलु हिंसा जस्ता सामाजिक घट्ना उजागर गर्न चित्रकलाको माध्यमबाट उजागर गर्न ठाकुरद्धारामा तीन दिने गोष्ठी गरिएको छ ।

विषयमा प्लान इन्टरनेशनल नेपालको आयोजनामा बर्दियाका ८ वटै पालिकाका २० जना बालिकालाई सामाजिक परिवेशलाई चित्रकलाको माध्यमबाट प्रस्तुति गर्दा सहज हुने तरिका गोष्ठीमा सिकाइएको हा ।

बाल विवाहलाई मानवीय स्वास्थ्य र आर्थिक उपार्जनसँग पनि जोडेर समुदाय तथा विद्यालयस्तरबाट नै पाठ्य सामाग्री तयार गरि अगाडी बढाउन सकेमा बाल विवाह न्युनिकरण गर्न सहज हुने सहभागि बालिकाहरुको भनाई छ ।

छोराछोरीमा असमानता बच्चा गर्भमा रहँदादेखि सुरु हुने भएकाले यस प्रकारको भेदभाव कम गरि लैङ्गिक समानताका लागि विद्यालय तथा समुदायमा छलफल चलाउन सुरु गर्ने कार्यशालामा सहभागि बालिकाहरुको भनाई थियो ।

प्लान इन्टरनेशनल नेपालकी अभियान प्रशासक लक्ष्मी चौधरीले बालबालिकालाई विपरित लिङ्गप्रतिको आर्कषण, माया प्रेम र उमेर नपुग्दै विहेवारीका विषयमा बाल विवाहपछिको शारीरीक र मानसिक जटिलताका विषयमा चित्रकलाको माध्यम सजग गराउन सहज हुने बताउनुभयो ।

बालबालिकाहरुलाई विद्यालयस्तरबाट नै सामाजिक हानिकारक अभ्यासका विषयमा छलफल गराउन सकियो भने नकारात्मक धारणाबाट समाज सकारात्मक दिशातर्फ अग्रसर हुने अभियान प्रशासक चौधरीले बताउनुभयो ।

सामाजिक तथा पारिवारिक घटनाका विषयमा खुलेर कुरा गर्न नसकिरहेको अवस्थामा चित्रकलाको माध्यमले सकारात्मक उर्जा थप्न मद्दत पुग्ने प्लान इन्टरनेशनल नेपालको बुझाई छ । कार्यशाला गोष्ठीमा सिकेको चित्रकलाले पनि समाजलाई सचेत गराउने माध्यमका रुपमा प्रयोग गर्न सहभागि बालिकाहरुलाई प्लान इन्टरनेशनल नेपालले आग्रह गरेको छ ।

बारबर्दिया नगरपालिका वडा नम्बर ६ मनिकापुरकी सृजना सुनारले चित्रका माध्यमबाट मनमा उब्जेका कुराहरु तथा समाजमा घट्ने घटनालाई उजागर गर्न सहज हुने तर्क गर्नुभयो । भनेर भन्दा चित्रका माध्यमबाट समाजलाई बुझाउन सजिलो हुने भएकाले चित्रकला समाजका जुनसुकै समुदायलाई बुझाउन सजिलो माध्यम भएको सुनारको भनाई छ ।

गुलरिया नगरपालिका वडा नं–११ जोशीपुरकी गोमा थारुले समाजमा रहेको सामाजिक समस्या, कुरितीहरु, लैङ्गिक भेदभाव, महिनावारी हुँदा बालिकालाई पर्न सक्ने मानसिक पिडाका विषयमा कार्यशाला गोष्ठीमा कुन माध्यमबाट बाहिर ल्याउदा समाजलाई बुझाउन सहज हुन्छ भन्ने कुरा सिकेको बताउनुभयो ।

थारुले आफुले सिकेको कुराले समाजमा गएर चित्रकलाका माध्यमबाट प्रस्तुत गरि सामाजिक चेतना फैलाउन मद्दत गर्ने उहाँको बुझाइ छ । उहाँले समाज सुधारको लागि एकल प्रयासले सम्भव नभएकाले सबै तह र तप्कालाई हातेमालो गर्न आवश्यक रहेको हुँदा सबैको साझा सहयोगका लागि आग्रह समेत गर्नुभएको छ ।

Previous articleपार्टी विभाजन गैरजिम्मेवार कार्य हो : नरैनापुर अध्यक्ष शाह
Next articleकर्णाली हाफ म्याराथनको उपाधी सेनाका नरेन्द्र र एपीएफका पुष्पालाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here