पत्रकार नेता केसीकी आमाको निधनको शोकमा प्रेस युनियनद्वारा श्रद्धाञ्जली सभा

राप्तीसोनारी । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व महासचिव तथा काँग्रेस बाँके क्षेत्र नं–१ का सभापति पोषण केसीकी आमा शान्ता रेग्मी केसीको निधनको शोकमा आज श्रद्धाञ्जली सभा गरिएको छ । केसीको राप्तीसोनारी गाउँपालिका वडा नम्बर-१ लौकीस्थित निवासमा नेपाल प्रेस युनियन बाँकेले श्रद्धाञ्जली सभा गरेको हो ।

प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाका बक्ताहरुले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले मृत आत्मप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

सभामा सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी लगायतले समवेदना प्रकट गर्नुभएको थियो । श्रद्धाञ्जली सभामा स्वर्गीय केसी र परिवारका बारेमा परिवारका तर्फबाट सामाजसेवी भिमार्जुन देवकोटाले बोल्नुभएको थियो ।

सभामा युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव प्रसाद देवकोटा, युनियन लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष जयसिंह केसी, प्रदेश सचिवालय सदस्य गौरव गिरी, नेपाली काँग्रेस बाँके जिल्ला सदस्य टिकाराम बस्नेत, काँग्रेस महासमिति सदस्य तथा नरैनापुर गाउँपालिका वडा नं-५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष वीरेन्द्र यादव, नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका कार्यबाहक अध्यक्ष तोजिन्द्र बिक, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, चलचित्र पत्रकार संघ बाँके अध्यक्ष रामचन्द्र पौडेल, युनियन बाँकेका कार्यसमिति सदस्य, साधारण सदस्य लगायतको उपस्थिति रहेको थियो ।

सभाको संचालन सचिव भिष्म लोधले गर्नुभएको थियो । ७७ वर्षीया स्वर्गीय केसीको बैशाख २६ गते मातातीर्थ औंसीको दिन उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगन्ज निधन भएको थियो ।

Previous articleराप्ती सोनारी ५ द्वारा ८ बुँदे प्रतिबद्धता घोषणा
Next articleबाँकेको प्रमुख जिल्ला अधिकारीका रुपमा रिजाल आउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here