कुलतबाट बच्न युवाहरुलाई उपाध्यक्ष यादवको आग्रह

नेपालगञ्ज । आफु पनि सभ्य भएर समाजमा सभ्यताको परिचय दिन युवाहरुको कर्तव्य भएको बाँके जानकी गाउँपालिका उपाध्यक्ष राम प्यारी यादवले बताउनुभएको छ । समाजमा देखा पर्ने तमाम नकारात्मक कार्यहरुतर्फ नलागेर सभ्य समाज निर्माणमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभएको हो ।

जानकीका युवाहरु लक्षित गरि आयोजना गरिएको दुई दिने लागूऔषध दुव्र्यसन बिरुद्ध सचेतनामूलक कार्यक्रमको दोस्रो दिन समापनमा बोल्दै उपाध्यक्ष यादवले युवाहरु पछिल्लो समय जानी जानी कुलत जस्तो कार्यमा फंसिरहेकाले त्यस्तो कार्यभन्दा असल समाज निर्माणमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

‘हामीले समाजलाई राम्रो बनाउन सक्यौं भने कुनै प्रकारको समस्या निम्तिन पाउँदैन,’ उपाध्यक्ष यादवले भन्नुभयो, ‘उच्च शिक्षा अध्ययन गर्ने बिद्यार्थी र युवाहरुले चाहे यस्ता समस्या हामीले सहजै समाधान गर्न पनि सक्छौं, त्यसका कुलतबिरुद्ध सक्रिय हुनु समाजको आवश्यकता हो ।’

वडा नं २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले कुलतले घर, परिवार समाज बिगार्नेबाहेक कुनै प्रकारले राम्रो नगर्ने भएकाले युवा पुस्ता यसतर्फ लाग्न जरुरी नरहेको बताउनुभयो । उहाँले युवा पुस्ता यदि यस्ता कार्यमा लाग्न अघि बढे भने समाजमा यस्तो ठुलो समस्या ल्याउने बताउनुभयो ।

कुलतका बिषयमा रहेका पुराना भनाईहरुलाई प्रष्ट पारेर सहभागि युवाहरुलाई प्रेरित गर्दै अध्यक्ष गुप्ताले चुरोट, खैनी, गाँजा, भाँग जस्ता लागूपदार्थले हालसम्म कसैलाई राम्रो नगरेको र यसले परिवारमा बिकराल रुप ल्याएकाले यसबाट सजग रहन सबैलाई अनुरोध गर्नुभयो ।

हामीजस्ता युवा पुस्ताहरु समाजको असल कार्यमा सक्रिय हुन आवश्यक रहेको र यस्ता दुव्र्यसनबाट बचाउनका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको आयोजक सहायताका लागि सहयोगी हातहरु नेपाल खजुराका अध्यक्ष पुष्पा कुमारी सुनारले जानकारी दिनुभयो ।

जानकी गाउँपालिकाको सहयोग तथा प्रहरीसँगको सहकार्यमा गरिएको कार्यक्रममा पहिलो दिन जानकी गाउँपालिका वडा नं १, ३, ५ र दोस्रो दिन शनिबार वडा नं २, ४ र ६ का गरी करिब ८० जना युवाहरुको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा उपाध्यक्ष यादव, वडाअध्यक्ष गुप्ता, इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक अशोक मल्ल, संस्थाका कोषाध्यक्ष तुलाराम गिरीलगायतको उपस्थिति रहेको कार्यक्रमलाई संस्थाका सचिव विकास हरि कोईरालाले संचालन गर्नुभएको थियो ।

Previous articleजिल्लाव्यापी नकआउट फुटबल सुरु, नेपालगञ्ज-११ को विजयी सुरुवात
Next articleदुर्घटना न्यूनिकरणका लागि राप्ती सोनारीमा सडक स्वास्थ्य सहायता केन्द्र स्थापना गरिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here