दुर्घटना न्यूनिकरणका लागि राप्ती सोनारीमा सडक स्वास्थ्य सहायता केन्द्र स्थापना गरिँदै

राप्तीसाेनारी, बाँके । बाँकेकाे राप्तीसोनारीमा बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सडक स्वास्थ्य सहायता केन्द्र स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेले सहायता केन्द्र स्थापना गर्न लागेको हो ।

आइतबार राप्ती सोनारी गाउँपालिकाको कार्यालयमा सरोकारवाला सबैको उपस्थितिमा सडक सहायता केन्द्र स्थापना गर्ने सहमति भएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले दुर्घटना न्यूनिकरणका लागि राप्ती सोनारी-८ शम्शेरगन्जमा सडक स्वास्थ्य सहायता केन्द्र र वडा न-१ कुसुम र वडा न-४ बैजापुरमा मोवाईल सहायता सेवा केन्द्र स्थापना गरिने बताउनुभयाे ।

शम्शेरगन्ज सहायता केन्द्रमा दैनिक स्वास्थ्यकर्मी र ट्राफिक प्रहरी राखेर सेवा दिने प्रमुख शाहिको भनाई थियो । उहाँले ती स्वास्थ्यकर्मी र ट्राफिकले दिनभरी मापसे, चेकिङ्गसंगै यात्रुहरुको स्वास्थ्य जाँच समेत गर्ने छन् ।

मोबाईल सहायता केन्द्र कुसुम र बैजापुरमा भने महिनाको ५ दिन मात्रै उक्त कार्य गरिने छ । उक्त कार्यक्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकीय अधिकृत दान बहादुर एडिलगायत स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

सडक स्वास्थ्य सहायता केन्द्र सम्शेरगन्जको सोमबार कक्ष उद्घाटन गरिने राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देबेन्द्र के.सिले जानकारी दिनुभयाे ।

Previous articleकुलतबाट बच्न युवाहरुलाई उपाध्यक्ष यादवको आग्रह
Next articleनकआउट फुटबलमा संघारी र दर्पण सेमिफाइनलमा प्रवेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here