बालबालिकाको कल्पनाको कोहलपुर

१७ औँ गणतन्त्र दिवसको अवसरमा कोहलपुुर नगरपालिकाले मेरो कल्पनाको कोहलपुर शिर्षकमा माबिस्तरिय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो ।

कोहलपुरको श्री कृष्ण मा.वि.मा भएको प्रतियोगितामा १४ वटा विद्यालयका २० जना विद्यार्थीले आफ्नो विचार राखेर कल्पनाको कोहलपुरको खाका तथा काल्पनिक चित्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको एक जना निर्णायकको रुपमा विद्यार्थीको कल्पनालाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । काल्पनिक कोहलपुरका बासिन्दा स्वार्थी, नाफाखोर, दलाल तथा संकीर्ण नभई सहयोगी असल तथा विश्व बन्धुत्वको भवना भएका हुनेछन् ।

जहाँ श्रीमानले श्रीमतीको हत्या गर्ने छैनन्, बाबुबाट छोरी बलात्कृत हुने छैनिन, चोरी डकैती हुने छैन, सडक तथा सार्वजनिक स्थानमा छुटेको सामान अर्को दिन पनि सकुसल भेटिने छ ।

युवाहरु लागु पदार्थमा झुम्ने छैनन्, बरु सार्वजनिक पार्कमा खेल खेलिरहेका हुने छन् । कोहलपुरमा स्थापना भएका सयौँ संख्याका उद्योगहरुले बेरोजगारी संख्यालाई शुन्य ल्याउने छन् ।

कोहलपुरका बासिन्दा रोजगारिको लागी विदेश जाने छैनन्, बरु लखनउ, पंजाव, बिहार जस्ता भारतीय शहरबाट कोहपलपुरमा रोजगारीको लागी मानिसहरु आउने छन् । कोहलपुर कथनीमा मात्र होइन साँचिकै शिक्षा तथा स्वास्थको हब बन्ने छ ।

यहाँका कलेजहरुमा शिक्षा लिन बैदेशिक विद्यार्थीहरुको संख्या उल्लेख्य हुने छ । शिक्षा बैज्ञानिक र गुणस्तरिय हुनेछ, जसले गर्दा अध्ययनको लागी बिदेश जाने संख्या शुन्य हुनेछ । कोहलपुरको चौरहदेखि त्रिभुवन मा.विसम्म रहेका ५०औं कन्सल्टेन्सीहरु प्रविधिक शिक्षालयले बिस्थापित हुने छन् ।

सिक्टाको सिँचााईबाट बहुबर्षीय खेती तथा तरकारी उत्पादन गरि कोहलपुर आत्मनिर्भर भई निर्यातको लागी सयौँ भारतीय नम्बरका ट्रकको लाईन हुने छ । कोहलपुरमा उत्पादन भएको अर्गानिक बस्तुको माग युरोप तथा अमेरिकामा समेत हुने छ ।

विदेशमा काम गरि कृषि कार्यमा अनुभव प्राप्त गरेका व्यक्तिहरु फर्किने छन् र व्यवसायिक कृषिमा लाग्ने छन । कोहलपुर पर्यावरणीय रुपमा अनुपम शहर बन्ने छ । सडकका दुबैतर्फ राता र हरिया डस्टविन राखिने छ ।

सडक पेटिमा हरियाली र कोहलपुर बजारमा चल्ने सम्पूर्ण यातायातका साधनलाई विद्युतिय साधनले विस्थापित गर्ने छ । बबई नदिको पानीलाई डाइभर्सन गरि कोहलपुरको खानेपानीको समस्या दिर्घकालीन रुपमा समाधान गरिने छ ।

डुडुवा खोलाको किनारामा पाँच तारे होटलहरु स्थापना हुने छन् । डुडुवामा तटबन्धन गरि पानीको स्रोतको व्यवस्थापन गरि नौका विहारमा विदेशीहरु झुम्ने छन् । क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको हुने छ । अन्तर्राष्ट्रिय खेल हुने छ र भारतबाट समेत दर्शक ठूलो संख्यामा आउँदा कोहलपुरको व्यापार व्यवसाय फस्टाउने छ ।

कोहलपुरको प्रत्यक स्थानमा हाइमास्ट बत्ती जडान हुुनेछ, प्रत्येक चोक चोकमा सि.सि.टि.भि क्यामरा जडान हुने छन् । त्रिभुवन मा.वि, साझा चोक, एन.टि.भि.चोक, न्युरोड र चौराहामा आकाशे पुल बन्ने छन । कोहलपुर हरेक तवरले सुरक्षित बन्ने छ । शुसासनमा कोहलपुर उदाहरणीय हुने छ ।

जनप्रतिनिधिहरु ठेकेदार र पार्टीका कार्यकर्ता नभइ राम शाह जस्ता हुने छन् । जेष्ठ नागरिकहरुले आफ्नो सेवा सुबिधाको लागी धाउने र लाइन बस्ने होइन सबै सुबिधा घरमै प्राप्त गर्ने छन् । यसरी बिकास हुने कोहलपुरको बिकास मोडेल तथा शुुसासनको अध्ययन अनुसन्धान गर्न बालेन शाह र गोपी हमालहरु मेरै कोहलपुरमा आउने छन ।

Previous articleबैजनाथ ४ मा एमाले परित्याग गर्दै कांग्रेसमा प्रवेश जारी
Next articleखजुरा ३ मा तयार भएको बृत्तचित्र र स्मारिका विमोचन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here