बैजनाथ ४ मा एमाले परित्याग गर्दै कांग्रेसमा प्रवेश जारी

बनियाभार । बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ । गत साता नेकपा एमालेका स्थानीय युवा नेता दलबहादुर बुढा हस्त थापा, तुले बुढासहित ३१ जनाले कांग्रेस प्रवेश गरेका हुन ।

शहकारी ठगी आरोपी गृहमन्त्री रबि लामिछानेलाई जोगाउन नेकपा एमाले अध्यक्ष केपी ओलीसहित सिङ्गो पार्टी जोडबलका साथ लागेको, जनता र देशलाई भन्दापनि भ्रष्टहरुलाई जोगाउन एमाले लागेको आरोप लगाउँदै उनीहरुले पार्टी छोडेको बताएका छन् ।

नेपाली कांग्रेस बैजनाथ गाउँपालिका वडा नम्बर ४ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा ३१ जनाले एमाले परित्याग गर्दै कांग्रेस प्रवेशको कांग्रेसका स्थानीय युवा नेता कर्णबहादुर कठायतले जानकारी गराउनुभएको छ ।

पार्टी प्रवेश गराउन अगुवाइ गर्नु भएका नेपाली कांग्रेसका वडा कोषाध्यक्ष अमर बिसिका अनुसार देबिसरा सुवेदी, वीर बहादुर बुढा, रत्न बहादुर बरैमगर, प्रेमबहादुर सिजाली मगर, खडक बहदुर बुढा, निर्मल कठायत, भिमबहादुर कठायत, सुभद्रा देबि कठायत प्रतिमा खड्का, केवली थारु, कविता बोगटी, कल्पना परियार, नवीन कुमार शाही, डम्बर बहादुर शाही, रबिना शाही, चन्द्र कला बुढा, दिपक बुढा लगायत ३१ जनाले कांग्रेस प्रवेश गर्नुभएको छ ।

सो पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता महासमिति सदस्य मेघराज ओलीले नब प्रबेशीहरुलाई पार्टी स्वागत गर्दै कांग्रेसमा भखरै जोडिए पनि अवसरका सन्दर्भमा उपयुक्त ब्यक्तिले उपयुक्त स्थान पाउन नयाँ पुरानोका बिचमा कुनै किसिमको विभेद नगरिने बताउनुभयो ।

महासमिति सदस्य ओलीले नेपाली कांग्रेसको आन्तरिक जिवनमा जे जस्ता झमेला भएता पनि लोकतन्त्रको मुलभुत मान्यता, नेपाली जनता र नेपाल देशका बिरुद्ध कुनैपनि शक्तिसंग सम्झौता नगरेको गौरवमय सुनौलो इतिहास रहेको दाबी गर्नुभयो ।

राज्य शक्तिमा जान अवसर नपाएर टुटफुट हुने कम्युनिष्ट दलहरू र अरुलाई गाली गलोज गर्दै जनतामाझ भ्रमको खेती गरेर जनतालाई लुटन उद्दत हुने नयाँ नामक दलहरु जस्तो गैर जिम्मेवार चरित्र कांग्रेसको नभए उल्लेख गर्दै युवा नेता ओलीले भन्नुभयो “सत्य बोल्ने जे भन्यो त्यो गर्ने, झुठको फेहरिस्त होइन यथार्थताको धरातलमा चट्टान झै अडिग रहने ब्यक्ति होइन, बिधिलाई सर्बोपरी ठान्ने नीतिकै कारण सत्ताभन्दा बाहिर रहेको बेलामा समेत निस्वार्थ जनता कांग्रेसमा प्रबेश गर्दछ्न ।”

पार्टी प्रबेश कार्यक्रममा महाधिवेशन प्रतिनिधि देवबहादुर खत्रीले कांग्रेसको नीति र बिचार संसारको सबैभन्दा लोकप्रिय रहेको बताउदै कांग्रेस जस्तो इतिहास बोकेको पार्टीमा जोडिएकोमा नवप्रबेशीहरुलाई स्वागत गर्दै संगसंगै यात्रा गर्ने कुरामा जोड दिनुभयो ।

वडा सभापति चन्दको अध्यक्षतामा भएको सो कार्यक्रममा नव प्रबेशीहरुको तर्फबाट बोल्दै देवबहादुर बुढाले लामो समय एमालेमा आवद्ध रहँदा झुठको खेती बाहेक अरु केही पाउन नसकेको भनाइ राख्नुभयो ।

कार्यक्रममा जिल्ला नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य टंक काफ्ले, बाँके क्षेत्र नम्बर ३ प्रदेश क सभापति केशव शाह, क्षेत्र नम्बर ३ का सचिव ज्ञानबहादुर ओली, पालिका सभापति देवबहादुर केसी, बैजनाथ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष प्रेम बहादुर शाही, वडा सदस्य कर्ण कठायत, कांग्रेस ४ का कोषाध्यक्ष अमर बिसी, सहसचिव श्याम बुढा लगायतले आआफनो भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि ओलीलगायतका अतिथिहरुले नवप्रबेशीहरुलाई खादा, अबिर लगायत कांग्रेसमा प्रवेश गराउदै पार्टीको सदस्यता दिनुभएको थियोे ।

Previous articleनेपाल प्रेस युनियन बाँकेद्वारा युनियनकर्मीलाई प्रशिक्षण
Next articleबालबालिकाको कल्पनाको कोहलपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here