स्वास्थ्य संस्थालाइ किशोरकिशोरी मैत्री बनाउन अनुगमन

बर्दिया । गेरुवा गाउँपालिकाको गोला स्वास्थ्य संस्थामा किशोरकिशोरीहरुले यौन तथा प्रजनन् स्वास्थ्य सेवाको गुणस्तर मापनका लागि अनुगमन तथा मुल्याकंन गरेका छन । स्वास्थ्य संस्थालाइ किशोरकिशोरी मैत्री बनाउन जोड दिदै किशोरकिशोरीहरुले स्वास्थ्य संस्थाको अनुगमन गरेका हुन ।

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९ को अनुगमन स्कोरकार्डको आधारमा किशोकिशोरीहरुले स्वस्थ्य संस्थाको गुणस्तर मापनका लागि अनुगमन मुल्याकंन गरेका हुन ।अनुगमनमा जनता मा.वि.गोलाका एक दर्जन किशोरकिशोरीहरुले स्वास्थ्य संस्थामा गई १२ वटा सुचकलाइ आधारमानी मुल्याकंन कार्य गर्दा राम्रो नतिजा आएको स्वास्थ्य शाखा इन्चार्ज नरेश कुमार चौधरीले बताउनुभयो ।

अनुगमनका दौरान किशोरकिशोरीहरुले स्वास्थ्य संस्था ब्यवस्थापन समितिको बैठकमा किशोरकिशोरीहरुको उपस्थिती गराउनुका साथै किशोरकिशोरीहरुको बिषयमा निर्णय गर्दा सल्लाहसुझाव लिनुपर्ने कुरामा जोड दिएका छन । किशोरकिशोरीहरुले अनुगमनका दौरान स्वास्थ्य संस्थाले सबै सुचक पुरा गरि राम्रो नतिजा प्राप्त गरेका निष्कष रहेको बताएका छन । स्वास्थ्य संस्थामा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य अंकित लोगो यथासिघ्र राख्न अनुगमन समितिको सुझाव रहेको छ ।

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९ अनुसार किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा अंकित लोगो देखिने गरि राखिएको, विगत ६ महिनाभित्र स्वास्थ्य संस्थाबाट किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको बारेमा विधालय वा समुदायमा अन्तरक्रिया कार्यक्रम गरेको, स्वास्थ्य संस्थामा सफा पिउने पानी, सफा चर्पी, स्वच्छ वातावरण र विधुत आपूर्ति रहेको, किशोरकिशोरीलाई सेवा प्रदान गर्दा अरुले देख्न, सुन्न नसक्ने गरी गोपनियता कायम राख्ने व्यवस्था भएको, स्वास्थ्यकर्मीहरुले किशोरकिशोरी मैत्री सेवा सम्बन्धी तालिम वा अभिमुखीकरण पाएको लगाएतका १२ वटा सुचक निर्देशिकाले तय गरेको छ ।

स्वास्थ्य संस्थालाइ किशोरकिशोरी मैत्री संस्थाको रुपमा प्रमाणीकरणका लागि यसप्रकारको अनुगमन तथा मुल्याकंन कार्यक्रमले सहजिकरणमा टेवा पुग्ने कुरामा गेरुवा गाँउपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण प्रसाद भण्डारीले जोड दिनुभयो ।

भेरी वातावरणिय बिशिष्टता समुह (बि–ग्रुप) तथा प्लान नेपालको साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजनाले गेरुवा गाँउपालिकाका स्वास्थ्य शाखाको समन्वयमा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था निर्माणका लागि सो अनुगमन तथा मुल्याकंन कार्यक्रमको सहजिकरण गरेको थियो । कार्यक्रममा बि–ग्रुपका प्राबिधिक संयोजक रामरुप कौशलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो भने कार्यक्रममा बि–ग्रुपका फिल्ड सुपरभाइजर सन्तोष चौधरीको उपस्थिती रहेको थियो ।

Previous articleखजुरा ३ मा तयार भएको बृत्तचित्र र स्मारिका विमोचन
Next articleनेपाली कांग्रेस बाँकेले शनिबार दोस्रो जिल्ला सम्मेलन गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here