
नेपालगञ्ज । साहित्यिक संस्था सर्वदा साहित्य सङ्गमको आयोजनामा नेपालगञ्जमा पुरस्कार अपर्ण, पुस्तक बिमोचन तथा रचना वाचन कार्यक्रम गरिएको छ ।
वयोवृद्ध लेखक तथा साहित्यकार गणेश जिसीको अध्यक्षमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईश्वरी प्रसाद रिजाल “उल्कापात” लाई श्री वागेश्वरी सर्वदा पुरस्कार–२०८१ अर्पण गरिएको छ ।
भीम प्रज्वलद्वारा सञ्चालित कार्यक्रममा खगेन्द्रगिरि कोपिलाद्वारा प्रकासित १४ औं मुक्तक संग्रह कालध्वनि नामक कृति र साहित्यकार भरत बहादुर रानाभाट प्रकासित तेस्रो कृति फ्लोरिडाको सेरोफेरो कृतिको बिमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्कीले मन्तव्य व्यक्त गदै सर्वदा साहित्य सङ्गम नेपालगन्जको यो पहिलो पुरस्कार हो जुन रिजाल “उल्कापात” लाई प्रदान गरिएको छ ।
सम्मानित व्यक्तित्व रिजाल “उल्कापात” को बारेमा सर्वदा साहित्य सङ्गम नेपालगञ्जका अध्यक्ष खगेन्द्र गिरि कोपिला प्रकाश पार्नुभएको थियो । कालध्वनि कृतिको समिक्षा साहित्यकार तथा समिक्षक चरित्रा शाह र फ्लोरिडाको सेरोफेरो कृति माथि समिक्षा सुमित्रा न्यौपाने गर्नुभएको थियो ।
फ्लोरिडाको सेरोफेरो कृतिकार भरत बहादुर रानाले अमेरिका गएको ३१ महिनाको बसाईको समय बारेमा कृतिमा आफूले त्यहाँ देखेका दृश्यलाई चित्रण गर्नुभएको आफनो बिचारमा व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा सर्वदा साहित्य सङ्गमद्वारा संस्थाको संरक्षकको प्रमाण–पत्र प्रा.डा.जनार्दन आचार्य, बालरोग बिशेषज्ञ डा.बिजय प्रधान, लक्ष्मी बस्याल, भीम बहादुर शाही, गणेश बहादुर जिसीलाई प्रदान गरिएको छ ।
खगेन्द्र गिरि कोपिलाद्वारा प्रकाशित कृतिहरुमा उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरु (२०५१, व्यग्र चाँदनी–२०६१, डुबे पनि डुब्दैना घाम–२०६२, आफ्नै छाल आफ्नै किनारा–२०६५, राग वसुन्धरा–२०६६, लहरलहर गन्दै–२०७०, मधु प्रदक्षिणा–२०७१, गजल सञ्चेतना सन्निधि–२०७३, अतीत आमन्त्रण–२०७४, असवीकृत रहर–२०७५, ऋतु दर्शन–२०७६, अश्रुअर्घ–२०७८, महामुनिका पदचाप–२०७९, कालध्वनि–२०८० लगायत १४ वटा कृति प्रकासित भईसकेको छ ।
साहित्यकार भरत बहादुर रानाभाटद्वारा जिन्दगीको यात्रा (कथासंग्रह) २०७४, नियति(कथासंग्रह) २०७७, फ्लोरिडाको सेरोफेरो (नियात्रा संग्रह) २०८१ प्रकासित भईसकेको छ ।
यसरी पुरस्कृति व्यक्तित्व रिजाल “उल्कापात”ले बिचार राख्दै रचना वाचन गर्नुभएको थियो । भेरी साहित्य समाजका सचिव प्रभात सुवेदी, पदमा रिजाल, कमल बडुवाल, राज कुमार थारु, खेम बगर, चन्द्रवती अधिकारी, लक्ष्मी बस्याल, भिम प्रज्वल लगायतले समेत रचाना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार सनत कुमार रेग्मी, प्रा.डा.गोपाल प्रसाद अधिकारी, शिक्षाबिद् किरण आचार्य, जीत बहादुर शाह, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, बालकृष्ण शर्मा, इन्द्र बहादुर भण्डारी, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, भेरी साहित्य समाज केन्द्रीय अध्यक्ष हरि प्रसाद तिमिल्सिना, पुष्पमणि प्रधान, कल्पना जिज्ञासु, ज्ञनोदय नमूना माध्यमिक बिद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, कविन्द्र भट्टराई, कृष्ण मुरारी प्राद भट्ट, अवधी साहित्यकार बिष्णुलाल कुमाल, कल्पना खरेल, नेत्र बहादुर बन्जारा, इन्द्रिरा गौतम, स्पर्श अधिकारी, सन्तोषी बिष्ट, दिनेश सापकोटा, वैभव बिक्रम चन्द, चुडामणि बन्जारा, सोमनाथ लुइटेल, बद्री ढकाल, सीता सेवेदी, रेशम कुमार भट्ट, नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव भीम बहादुर रानाभाट, कमान सिंह बोहरा, जनकराम भण्डारी, खडक बहादुर बोहरा लगायतको सहभागिता रहेको थियो ।





