
नेपालगञ्ज । सानो सहयोगबाट विभिन्न काम गरिरहेका युवाहरुको कामको सरोकारवालाद्धारा अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८, १२, २१ मा युवाहरुले गरिरहेको कामको सरोकारवालाहरुद्धारा संयुक्त अनुगमन गरिएको हो ।
नेपालगञ्ज वडा नं ८ मा पार्लर सम्बन्धि तालिम लिइरहेकी किशोरीहरु सिमरन कुरेशी र पार्वती घरुकसँग कुराकानी र तालिमको अवस्था, यही वडाकै सिपमुलक तालिम तथा लघुउद्यम तालिम लिएर आशिष ठाकुरले संचालन गरेको सैलुन पसल, वडा नं २१ मा मोहित सोनीले संचालन गरेको साईकल पसल, आयुव अलि वागवानले गरिरहेको गड्यौला मल उत्पादन तथा व्यवसायको अनुगमन गरिएको थियो ।
यी युवाहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा नेपालगञ्जस्थित सामाजिक विकास मञ्च (एस डिएफ) बाँकेले सहयोग उपलब्ध गराएको थियो । महानगरस्तरीय अनुगमनले युवाहरुले राम्रो गरेको देखिएको छ । सानो सहयोगले यो अवस्थाको सक्रियता अनुगनकर्ताले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
सांकेतिक भाषामात्र बुझ्ने सोनीले साईकल पसल संचालन गरेर दैनिक पाँच सय बचत समेत गर्ने गरेको देखिएको छ । वागवानको मल उत्पादन तथा करेसाबारीमा गरिएको प्रयोगले उत्पादन बृद्धि तथा मल विक्री भइरहेको छ । महेन्द्र पार्क नजिकै सैलुन संचालन गरेका ठाकुरले पनि राम्रो गरेको उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशीले प्रतिक्रिया दिनुभयो ।
यस्तै किशोरीहरु कुरेशी र घरुकले अहिले पार्लरको काम सिकिरहेको र सिक्ने स्थान सिकाईमैत्री रहेको देखिएको छ । छलफल गर्ने क्रममा किशोरीद्धयले आफुहरु तालिम पश्चात काम शुरु गरिहाल्ने बताए । यो अनुगमनकै क्रममा वडा कार्यालयको समन्वयमा लक्षित केही परिवारमा निर्माण भएको शौचालयको समेत अनुगमन गरिएको थियो ।
अनुगमनमा सहभागि वडा नं २१ का वडाअध्यक्ष राजकुमार साहूले संस्थाले आवश्यकता भएका युवाहरुलाई नै सहयोग प्रदान गरेको र यसमा आफुहरुसँग समन्वय गरिएको बताउनुभयो । जनवरी १ देखि जुन २०२४ सम्म परियोजाद्धारा भएका कार्यक्रमहरुको अनुगमन गरिएको थियो । संस्थाले आवश्यकता भएको युवाहरुको पहिचान गरि स्वरोजगार, उद्यमी, लघुउद्यम, सिपमुलक तालिम प्रदान गर्दै आएको छ ।
तालिम तथा सहयोग प्रदान गरिएका किशोरकिशोरीहरुले सो अनुसार काम समेत गर्ने गरेको देखिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नेपालगञ्जमा संचालित पावर फोर एवाई परियोजनामार्फत एस डिएफले विभिन्न गतिबिधि संचालन गर्दै आएको छ ।
अनुगमनमा वडा नं २ का मनोज कुमार श्रेष्ठ, ८ का वडाअध्यक्ष रजनीश बाजपई, १२ का वडाअध्यक्ष तरुण बज्र्रचार्य, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, उपमहानगरपलिकाकी महिला विकास अधिकृत पवित्रा पुरी, नगरस्तरीय अपाङ्गता संजालका गोकर्ण आचार्य, सेभ द चिल्ड्रेनकी परियोजना संयोजक फुल कुमारी चौधरी, मंचका अध्यक्ष चम्प सिंह थापा, वरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, अनुगमन अकिृत शान्त चौधरी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।





