
नेपालगञ्ज । मिष्टर एण्ड मिस एस.ई.ई तेस्रो संस्करणको ट्यालेन्ट राउन्ड शुक्रबार सम्पन्न भएको छ । नेपालगञ्जमा भएको ट्यालेन्ट राउन्डमा ८ जना प्रतिस्पर्धीले आफनो व्यक्तिगत क्षमता प्रदर्शन गरेको आयोजक पिके इभेन्ट्सका अध्यक्ष प्रकाश कुवँरले बताउनुभयो ।
ट्यालेन्ट राउन्डमा कौशल सिटी मार्टको संचालक प्रितम राज कौशल, ऋषि राज ट्रेडर्सको संचालक ऋषि राज कौशल, मिस एस.ई.ई सिजन–२ कि विजेता कृति फुयाल र मिस एस.ई.ई सिजन–२ कि फर्स्ट रनर अफ अनुपमा थापा मगरले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।
मिष्टर एण्ड मिस एस.ई.ई तेस्रो संस्करणको फाइनल राउन्ड शनिबार आज गते नेपालगञ्जमा हुँदैछ । जसमा ८ जनाले विभिन्न विधामा उपाधि जित्ने आयोजक पिके इभेन्ट्सले बताएको छ ।





