बाँकेको गुरुवा गाउँमा दुई समुदाबीच झडप, एकको मृत्यु, पाँच घाइते

बाँके । जिल्लाको जानकी गाउँपालिका वडा नं ५ स्थित गुरुवा गाउँमा दुई समुदायबीच झडप भएको छ । स्थानीय श्यामसुन्दर नागाबाबा कुटीमा लागेको मेला हेर्न गएका बेला बनियाँगाउँका एक युवकलाई कुटपिट गरिएको घट्नाले उग्र रुप लिएपछि दुई समुदाबीच झडप भएको हो ।

हरेक वर्ष पूर्णिमाका दिन लाग्ने गुरुवा गाउँ मेलामा हेर्न पुगेका बनियागाउँका युवा नरेश काँदुलाई स्थानीय युवाले कुटपिट गरेपछि घट्नाले उग्रता पाएको प्रहरीको भनाई छ । बिगतदेखिको रिसिइबीका कारण यस्तो हुन सक्ने प्रहरीको आशंका छ । गाउँमा काँदु र यादव समुदायबीच पटक पटक बिवाद हुँदै आएको प्रहरीको रिर्पोटमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार झडपमा एक जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही वडाका धनिराम यादव रहेको स्थानीयले जनाएका छन् । झडप उग्र भएपछि दुबै समुदाबीचमा लाठी प्रहार, ढुंगा हानाहान, घरका ढोका फोडेर समेत कुटाकुट भएको स्थानीयले बताएका छन् ।

स्थिति बिग्रदै गएको अवस्थामा पुगेको प्रहरीले अवस्था नियन्त्रणमा लिएको छ । स्थानीय युवाले जनाए अनुसार सोमबार रातीसम्म उक्त गाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । झडपमा स्थानीय पञ्चराम यादव, मुन्ना खटिक, राम नारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु घाइते भएका छन् । प्रहरीले घट्नामा संग्लन ४ जनालाई प्रकाउ गरेको छ ।

Previous articleगेरुवा ग्रामीण जागरण संघ बर्दियाका अध्यक्ष शाहलाई कोरोना पुष्टि
Next articleभेरीको प्रयोगशालामार्फत ५० हजार जनाको कोरोना परीक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here