
नेपालगञ्ज । समाजसेवी तथा गेरुवा ग्रामीण जागरण संघ, बर्दियाका अध्यक्ष कृष्ण जंग शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अध्यक्ष शाहले सोमबार आफ्नो व्यक्तिगत सामाजिक संजालमार्फत आफुलाई कोरोना संक्रमण देखिएको सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्नो स्वास्थ्य सामान्य रहेको होम आइशोलेशनमा बसेको जनाउनुभएको छ ।
सामाजिक सेवामा सक्रिय शाहले कोरोना महामारी शुरु भएदेखि कोरोना संक्रमण फैलन नदिनका लागि बिभिन्न माध्यमबाट समुदायस्तरमा सचेतना तथा सहयोग गर्दै आउनुभएको छ ।





