
नेपालगञ्ज । नेपालगञ्जमा रहेको द रोयल फिटनेश जोनले आयोजना गरेको कार्यक्रममा ५० जना स्वयंसेवी रक्तदाताद्वारा रक्तदान गरेका छन् । शनिबार भएको कार्यक्रममा ८ महिलासहित ५० जनाले रक्तदान गरेका हुन् ।
फिटनेश जोनका अध्यक्ष अमित लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिकी महात्मा चन्द्रकान्ता बाईजीले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा एकता युवा कलब, एस.के.डेरी उद्योग, आरोही पशुपति ट्रेडर्स, नेपाल मानव धर्म सेवा समिति बाँके, मनकामना आयुर्वेद र शर्मिला आल्मुनियम सप्लार्यसले सहकार्य गरेका थिए ।
सेवा केन्द्रका प्रमुख रेग्मी, कर्मचारीहरु सोम प्रकाश सापकोटा, होमराज गिरी, सुनिल पुलामीमगर लगायत सुभाष रावत, टंक साउद, बैकुण्ठ रेग्मी, बीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।





