
नेपालगञ्ज । बाँके प्रहरी तस्करी हुन लागेको ६ लाख बराबरको भन्सार छलिको सामान बरामद गरेको छ ।
प्रहरीले बुधबार विहान भारतीय सिमा नाका रुपैडिहाबाट पचपोखरा हुँदै नेपाल आउन लागेको करिब ६ लाख बराबरको भन्सार छलिको सामान बरामद गरेको हो ।
जानकी गाउँपालिका वडा नं-१ स्थित साईगाउँ प्रहरी चौकीका इन्चार्ज बिष्णु शाही र जिल्लाबाट सादा पोशाकमा रहेको प्रहरी टोली तस्करी भईरहेको सूचना पाएपछि भन्सार छलि गरि ल्याउन लागिएको सुर्तीजन्य पदार्थ, मोविल र कपडा बरामद गरेको हो ।
प्रहरी चौकी साईगाउँका इन्चार्ज फेरिएसँगै तस्करी पुर्ण रुपमा नियन्त्रण भएको एक स्थानीय समाजसेवीले बताए । उनका अनुसार ठुलो मात्रामा अवैध सामान बरामद गरिएको यो चौकीको पहिलो सफलता हो । तर लुकीछिपी कहिँकतैबाट तस्करी गर्ने फरक कुरा भएपनि खुलेआम तस्करी भने बन्द भएको उनको भनाई छ ।
‘राम्रो कार्यमा साईगाउँ प्रहरीले मात्र नभएर सबै प्रहरीले साथ दिए भने मात्र तस्करी सदाका लागि अन्त्य हुने एक स्थानीय एक जनप्रतिनिधिले बताए ।





