
नेपालगञ्ज । ११ औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाइन बेन्च प्रेस च्याम्पियन-२०२४ को बिश्व च्याम्पियन बन्नुभएका करण वाडिया सोमबार स्वदेश फर्किदै हुनुहुन्छ ।
उहाँको सोमबार अपरान्ह तीन बजे भारतको दिल्ली हुँदै नेपालगञ्ज आउन लाग्नुभएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१२ बस्ने २० वर्षीय बाडियाले बिश्वका विभिन्न देशका खेलाडीहरु पछि पार्दै बिश्व च्याम्पियन बन्नु भएको हो ।
उहाँले नेपालका लागि दुई स्वर्ण पदक जित्नुभएको छ । कजाकिस्तानमा सम्पन्न ११ औं च्याम्पियनशिप २०२४ मा स्वर्ण जितेर देश र जिल्लाको सम्मान बढाउनु भएको छ । वाडियाले यसअघि २०८० मा राष्ट्रिय च्याम्पियन हुँदै स्वर्ण जितेर बिश्व च्याम्पियन प्रतिस्पर्धाका लागि छनौट हुनुभएको थियो ।
केही महिना अगाड़ी मात्रै काठमाण्डौं स्ट्रन्यालाफ्टङ्ग संघ प्रथम राष्ट्रियस्तरीय स्टङ्गमेन र स्ट्रेन्थलिफ्टिङ्ग एण्ड ईन्क्लाइन बेन्च प्रेस प्रतियोगिता २०८० मा बाडियाले गोल्ड मेडल बन्नुभएको थियो ।
वाडियासँगै नेपालगञ्जकै अर्का खेलाडी मोहित गुप्ताले सिलवर र कास्य पदक जित्न सफल हुनुभएको छ । स्वदेश फर्किन लागेको खेलाडीहरुको सम्मानका लागि सोमबार नेपालगञ्जको जमुनाहा नाकामा भब्य स्वागत गरिने भएको छ । जमुनाह नाकामा ३ बजेसम्म स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।





