ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दाङ । दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र००१६ख२७७९ नम्बरको ट्रकले राप्ती गाउँपालिका-१ भालुबाङ्ग चोकमा ठक्कर दिँदा स्थानीय ५० बर्षिय लोकप्रसाद भट्टराईको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी निरिक्षक अमरबहादुर माझीले मृतक फलफूल व्यवसायी रहेको जानकारी दिनुभयो ।

मृतकका आफन्तले दोषीलाई कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै पुर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

Previous articleदाङमा मोटरसाईकल दुर्घटना हुँदा बाँकेका एक जनाको मृत्यु
Next articleमानव बेचबिखन नियन्त्रणका लागि समुदायस्तरमा सचेतना बढाउनुपर्नेमा जाेड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here