विश्व स्तनपान सप्ताह : वेष्टर्न अस्पतालद्वारा आमाहरुसंग छलफल

नेपालगञ्ज । विश्व स्तनपान सप्ताहको अवसरमा वेस्टर्न अस्पताल नेपालगञ्जले अभिमुखिकरण कार्यक्रम गरेको छ ।

२०२४ को नारालाई आत्मसाथ गर्दै स्तनपानमा समानता, सबैको सहयोग र सहभागिता भन्दै गरिएको कार्यक्रममा स्तनपानको महत्त्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे प्रदान गरिएको थियो ।

कार्यक्रममा अस्पतालका बरिष्ठ स्त्री तथा महिला रोग विशेषज्ञ डाक्टर कल्पना थापाले बिशेष प्रस्तुति गर्दै स्तनपानको महत्त्वपूर्ण भूमिका र यसले बच्चाहरूको शारीरिक र मानसिक विकासमा पुर्याउने फाइदाबारे जानकारी गराउनुभएको थियो ।

स्वास्थ्यकर्मीले सबै आमाहरूलाई स्तनपान गराउन प्रोत्साहन दिने गरेको र यसका लागि आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा आहारविद शुशिला खनालले आमाहरुलाई सुत्केरी अवस्थामा पोषण, खानाको तालिका, खानाका परिकार लगायतका बारेमा बिशेष प्रस्तुति दिनुभएको थियो ।

साथै सहभागी आमाहरुले आफ्ना अनुभवहरू साझा गरेका थिए भने स्तनपानका चुनौतीहरूबारे छलफल गरिएको थियो । कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मीहरूले स्तनपान सम्बन्धी सही तरिका र उपायहरका बारे प्रदर्शन आवश्यक जानकारीहरु प्रस्तुत गर्नुभएको थियो ।

Previous articleअविरल वर्षाले देशभरको जनजीवन प्रभावित, देशभर कहाँ के भयो ?
Next articleनेपालगञ्जबाट ठुलो मात्राको अबैध चिनी बरामद, एक गाडी नियन्त्रणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here