नेपालगञ्जबाट ठुलो मात्राको अबैध चिनी बरामद, एक गाडी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जबाट ठुलो मात्राको अबैध चिनी र एक गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं-४ स्थित बसपार्क क्षेत्रबाट भन्सार छलिको १६ क्विन्टल चिनी र सामानसहित एक गाडी नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले ९६ हजार मुल्य बराबरको १६ क्विन्टल चिनी, १ लाख १७ हजार मुल्य बराबरको ८४ पेटी खाने तेल र ७ लाख मुल्य बराबरको लु १ च ६८७० नम्बरको बोलेरो गाडी र चालक नियन्त्रणमा लिएको जनाएको छ ।

करिब ९ लाख १३ हजार बराबर रहेको उक्त सामान र चालक भिम बहादुर डिसीलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो । सो सामान बिहीबार बिहान ९ बजेको समयमा नियन्त्रणमा लिइएको थियो ।

Previous articleविश्व स्तनपान सप्ताह : वेष्टर्न अस्पतालद्वारा आमाहरुसंग छलफल
Next articleघरको सिँढीबाट लड्दा एक महिलाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here